चितवन राइनोजले सार्वजनिक गर्‍यो एनपीएलको जर्सी « Khabarhub

चितवन राइनोजले सार्वजनिक गर्‍यो एनपीएलको जर्सी


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भरतपुर-चितवन राइनोजले नेपाल प्रियिमर लिग (एनपीएल) मा प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले टिमको जर्सी सार्वजनिक गरिन् ।

उक्त अवसरमा उनले चितवन राइनोजको मस्कट र टिम एन्थम पनि सार्वजनिक गरेकी थिइन्। । मेयर दाहालले भरतपुर महानगरपालिका राष्ट्रिय खेलाडी उत्पादन गर्न लागि परेको बताइन् ।

उनले राष्ट्रिय खेलाडी उत्पादनको लागि महानगरपालिकाले विद्यालयस्तरीय लिग क्रिकेट, फुटबल लगायत खेलकूद गर्दै आएको बताइन् ।

उनले प्रिमियर लिगमा चितवन राइनोजको भूमिका सशक्त रहनेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले एनपीएलले स्थानीय क्रिकेट खेलाडीलाई अवसर प्रदान गरेको बताए । उनले यसबाट युवा खेलाडीको क्षमता बढाउन राम्रो अवसर मिलेको पनि बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १ : २२ बजे

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा

कांग्रेस इतर समूहको बैठक बस्दै, महाधिवेशनबारे धारणा बनाउने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ ।

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौँ- नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली

ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व संङ्कलन

हेटौँडा- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा