मोबाइल तातेर हैरान हुनुहुन्छ, यसो गर्नुहोस् ! | Khabarhub Khabarhub

मोबाइल तातेर हैरान हुनुहुन्छ, यसो गर्नुहोस् !


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको समयमा  स्मार्टफोनको प्रयोग यतिसम्म भइसक्यो किन मानौँ मान्छेका हरेक काममा नै यही दाहिने हात हो । यो धेरैजसो मानिसको आवश्यकता नै बनेको छ । फोन कल गर्नदेखि लिएर अनलाइन किनमेल र भुक्तानीहरू सबै कामका लागि स्मार्टफोनहरू प्रयोग हुने गर्छन् ।  यो बालक देखि वृद्ध सम्मका लागि निकै महत्त्वपूर्ण साधन बनिसकेको छ ।

आजकलका आमाहरूले भन्ने गरेको त पक्कै पनि सुन्नु भएको होला कि मेरो बच्चाले त मोबाइल बिना खाना नै खान मान्दैन । मोबाइल देखायो भने मजाले खाना खान्छ भनेको ।  यसरी हरेकको जीवनमा महत्त्वपूर्ण बनेको मोबाइलमा विभिन्न समस्याहरू आउने गर्छन् । त्यसमा पनि पहिलो कारण हो । तात्ने समस्या ।

धेरै बेरसम्म मोबाइल चलाउँदा भिडियोहरू हेर्दा वा इन्टरनेट चलाउँदा मोबाइल तात्ने गर्छ भने कहिलेकाहीँ यत्तिकै पनि मोबाइल तातिरहेको हुन्छ । फोन तातो भएका कारण तपाईँले केही बेर मोबाइल अफ पनि गर्नु भएको होला । केहीले त मोबाइलमा थप केही समस्या आयो कि भनेर मोबाइल बनाउने स्थानमा समेत लाने गर्नु भएको होला ।

स्मार्टफोनमा कुनै भाइरस छ भनेर पनि मोबाइल सामान्यभन्दा बढी नै तात्न थाल्दछ। यस्ता भाइरसले तपाईँको डाटा सर्भिसलाई गोप्य तरिकाले निरन्तर प्रयोग गरिरहेको हुन्छ।

जीपीएसको धेरै बेर सम्म प्रयोग गरिरहँदा वा ब्लुटूथ स्पिकरबाट म्युजिक बजाइरहँदा पनि तात्ने समस्या आउन सक्छ । कहिलेकाहीँ, अति धेरै डाटा प्रोसेसिङ्गकोकारण पनि स्मार्टफोन तातो हुन जान्छ ।

यदि स्मार्टफोनलाई अलि धेरै बेरसम्म चार्जमा छोड्यो भने कहिलेकाहीँ तात्ने समस्या आउन सक्छ, यस्तो समस्या नआउनुपर्ने हो तर पुरानो मोडेलका स्मार्टफोनहरू जुनलाई लामो समयसम्म प्रयोगमा ल्याइयो, त्यसमा तात्ने समस्या आउन सक्दछ ।

कतिपयले क्यामेराबाट फोटो लिँदा समेत मोबाइल तातेको इन्टरनेटमा गुनासो गर्ने गर्छन्। धेरै बेरसम्म बढी र्‍याम ओगट्ने गेम वा एप चलाउँदा पनि स्मार्टफोन नमज्जाले तात्ने हुन्छ ।

चार्ज गर्दै गेम खेल्ने, फेसबुक चलाउने अथवा फोन गर्ने गर्नुहुन्छ भने पनि स्मार्टफोन बढी तात्ने समस्या आउने गरेको छ ।

यसरी गर्नुहोस् समाधान

आफूलाई नचाहिएको बेलामा वाईफाई, ब्लुटूथ, जीपीएस जस्ता ब्याट्री र मेमोरी ओगट्ने सर्भिसलाई बन्द गर्दै ठिक हुन्छ। कहिलेकाहीँ ब्याकग्राउण्डमा धेरै एपहरू खुलेको छ भने पनि एण्ड्रोइड मोबाइल तात्ने हुन्छ, त्यसैले त्यस्ता ब्याकग्राउण्डमा चलेका एपहरूलाई बन्द गरिदिनुहोस्।

फोनको सुरक्षाका लागि फोनमा बाहिरी खोल राखिन्छ । तर कहिलेकाँही यही करभले समस्या ल्याइदिन सक्छ । । त्यसैले फोन धेरै तातेको बेला त्यसको बाहिरी खोल निकालेर केही बेर राख्नु पर्छ ।

पुरानो मोडेलको स्मार्टफोनको ब्याट्री फुलेको छ वा छैन भनी एक चोटि जाँच गर्नुहोस् । फुलेको छ भने त्यसको प्रयोग गर्नुहुँदैन, पड्किन सक्छ। अर्को ब्याट्री राख्नुहोस्।

फोनलाई प्रत्यक्ष घामबाट टाढा राख्नुपर्छ । कडा सूर्यको प्रकाशको कारणले गर्दा स्मार्टफोन छिटै तातो हुन्छ।  यदि तपाईँको मोबाइलमा भाइरस लाग्यो कि भनेर शङ्का गर्नुभयो भने, एक चोटि खोलिएका सबै एपहरूलाई बन्द गर्नुहोस् र एप सेटिङ्ग्समा गएर इन्टलेसन फर अननोन सोर्स लाई बन्द गरिदिनुहोस् ।

तपाईँको चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइल ब्याट्रीलाई अत्यधिक तताउँदछ। त्यसैले सकेसम्म डुप्लिकेट केवलको प्रयोग नगर्दै उचित हुन्छ ।

तपाईँले मोबाइलमा इन्टरनेट प्रयोग गर्दा एक वा दुई भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ । जसले गर्दा तपाईँको मोबाइलमा सारा एप्पहरु एकसाथ काम गर्छन् । या त कुनै पनि ब्राउजरबाट तपाई धेरै पेज खोलेर चलाउनुहुन्छ भने मोबाइललाई बढी लोड पर्न जान्छ । त्यसैले तपाई अनावश्यक र काम सकिएसँगै पेजहरू बन्द गर्नुहोस् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : २८ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा