चिसोका कारण बिजुली खपत बढ्दो, उत्पादन घट्दो | Khabarhub Khabarhub

चिसोका कारण बिजुली खपत बढ्दो, उत्पादन घट्दो


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्ला केही दिनयता देशभर चिसो बढेसँगै बिजुलीको खपत बढ्न थालेको छ । गर्मीयाम सकिएर देशभर तापक्रम घट्न थालेसँगै विद्युतको लोड बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, पछिल्लो एक सातायता देशभर चिसोका कारण विद्युतीय उपकरणको प्रयोग बढ्नु र चाडपर्व सकिएसँगै उद्योग कलकारखाना खुल्दा बिजुलीको खपत बढेको हो ।

देशभरका नदीनाला र खोलाहरूमा पानीको बहाव घट्दा विद्युत् उत्पादनमा समेत कमी आएको प्राधिकरणले जनाएको छ । विद्युत् उत्पादन घटेका कारण पछिल्ला दिनमा बिजुलीको माग बढेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

उनका अनुसार चिसो कारण घरेलु ग्राहकले विद्युतीय उपकरण प्रयोग गर्ने, पानी तताउने, खाना पकाउने, मोटर चलाउने, हिटर बाल्नेलगायतका काममा बिजुलीको बढी प्रयोग हुन्छ ।

अझ भन्नुपर्दा, चिसोयाममा बिजुलीको लोड ह्वात्तै बढ्ने गरेको छ । त्यसअनुसार, हिजोआज देशभर बिजुलीको खपत १७०० मेगावाटसम्म पुगेको छ । अझ बिहान र बेलुकाको ‘पिक आवर’ मा भने बिजुलीको खपत उच्च हुँदा स्वदेशी बिजुली नै अपुग हुने गरेको प्राधिकरणका प्रवक्ता घोष बताउँछन् ।

‘हिजोआज पनि हामीलाई बिहान र साँझको ‘पिक आवर’ मा साढे ३०० देखि ४०० मेगावाट बिजुली अझै अपुग छ,’ उनले भने, ‘जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घटिरहेको छ ।’ 

उनका अनुसार, बिहान र बेलुकाको दुई घण्टाको पिक आवरमा भने बिजुली अपुग हुने गरेको छ । पिक आवरमा करिब साढे ३०० देखि ४०० मेगावाट बिजुली अपुग हुने गरेको घोष बताउँछन् । चिसोका कारण जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन घटिरहेको छ ।

प्राधिकरणका अनुसार, हालसम्म राष्ट्रिय ग्रीडमा तीन हजार २३५ मेगावाट जडित छ । तर, खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाबाट एक तिहाइमात्र बिजुली उत्पादन हुने गरेको छ ।

हाल देशभरका जलविद्युत् आयोजनाबाट कुल १६ सय देखि १७ सय मेगावाटसम्म बिजुली उत्पादन भएको छ । अर्थात, उत्पादन अवस्था कुल जडित क्षमताको आधामात्र छ ।

डेढ सय मेगावाटसम्म निर्यात

उत्पादित बिजुलीले स्वदेशकै लोड धान्न नसक्ने अवस्था रहेको प्राधिकरणकै कर्मचारी बताउँछन् । बिहान र साँझको बेला आम ग्राहकले विद्युतीय उपकरण चलाउँदा बिजुलीको लोड बढ्ने गरेको छ ।

प्राधिकरणका अनुसार, रातको समयमा भने बिजुली बचत हुने गरेको छ । उद्योगधन्दा बन्द हुने र राती र दिउँसोको समयमा बचत बिजुली भारत निर्यात समेत हुने गरेको छ । राती र दिउँसोको समयमा करिब सय/डेढ मेगावाट बिजुली निर्यात समेत हुने गरेको घोषले बताए ।

‘राति र दिउँसोको समयमा बचत हुने आउने बिजुली भारत निर्यात पनि हुन्छ । यहाँको लोड व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘उत्पादन घटिरहेको छ, चिसो बढेका कारण लोड बढ्दै जाने देखिन्छ ।’ 

अपर तामाकोसी बन्द हुँदा समस्या

गएको असोज दोस्रो साता अविरल वर्षापछि आएको बाढीपहिरोका कारण आयोजना क्षतिग्रस्त बन्यो ।

दोलखाको लामाबगरमा सञ्चालित ४५६ मेगावाटको उक्त आयोजनाको बाँधस्थल र हेडवक्र्सतर्फको भाग बाढीले क्षति पुर्याउँदा आयोजना पूर्ण रूपमा बन्द भयो ।

क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनः निर्माण गरी पूर्णक्षमतामा सञ्चालनमा नआउँदासम्म नेपालको बिजुलीले स्वदेशी माग समेत धान्न नसक्ने देखिएको हो । माथिल्लो तामाकोशीको जलविद्युत् आयोजना पुनः निर्माण गर्न नै साढे २ अर्ब लाग्ने अनुमान गरिएको छ ।

हालसम्म उक्त जलविद्युत् आयोजनाको पुनः निर्माण सुरु हुन सकेको छैन । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विद्युत् निर्यातका हिसावले महत्वपूर्ण आयोजनाका रुपमा हेर्ने गरिएको छ ।

उद्योगमा बिजुलीको छैन खपत

प्राधिकरणका अनुसार, दशैं तिहार सकिएसँगै दशैं देखि घटनास्थापनदेखि विद्युत उत्पादनका दृष्टिले ‘अफसिजन’ नै हो ।

नेपालमा अधिकांश जलविद्युत् आयोजना निर्माण नदीप्रवाही (रन अफ दि रिभर) प्रकृतिका हुँदा बर्खायाममा पानीको बहाव बढ्दा आयोजना पूर्णक्षमतामा सञ्चालनमा आइ विद्युत् उत्पादन बढ्ने गरेको छ । तर, हिउँदयाममा खोलानाला सुक्दा पानीको बहाव घट्न गइ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनमा कमी आउने गरेको छ ।

प्राधिकरणका अनुसार, चिसो बढेसँगै घरेलु ग्राहकवर्गमा बिजुलीको माग र खपत बढेको छ । करिब ३५ लाख घरेलु ग्राहकवर्गले बिजुलीको उपभोग गर्दै आएका छन् ।

तर, यही समयमा औद्योगिक क्षेत्रले भने बिजुली खपत गर्न नसकेको प्राधिकरण बताउँछ । हालसम्म ठूला उद्योगले ५०० मेगावाट हाराहारी बिजुली खपत गर्दै आएका छन् ।

अन्य अन्य साना र मझौला उद्योगहरूमा बिजुली आपूर्ति हुँदाहुँदै पनि बिजुलीको खपत भने बढ्न नसकेको घोषले बताए । चाडपर्व सकिएसँगै व्यापारीक संघसंस्था, उद्योग, प्रतिष्ठान, कार्यालय खुल्न थालेकाले बिजुलीको खपत बढ्ने प्राधिकरणको अनुमान छ । 

मंसिर लागेसँगै देशभर चिसो बढ्दा आम जनताको जनजीवन समेत प्रभावित हुन थालेको छ । चिसो बढ्दा बिरामी हुने, कंठ्यागिएर मृत्यु नै हुने गरेको छ ।

जाडोका बेला विद्युतीय उपकरणको प्रयोग बढि हुने गरेको छ । जति विद्युतीय उपकरण प्रयोग गर्यो, त्यति नै लोड बढ्ने गरेको छ । विद्युतीय उपकरण प्रयोग गर्दा विशेष सावधानी भने अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ४ : ०५ बजे

देशका विभिन्न स्थानमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी– झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र

फुलहामसँग चेल्सी पराजित

लन्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा दोस्रो

रवि लामिछानेको बयान आज पनि

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद

संघीय संसद्का दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ ।