डोटी सवारी दुर्घटना : क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध « Khabarhub

डोटी सवारी दुर्घटना : क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ। अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेका छन् । 

शनिबार साँझ सुपप्र ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई शिखर नगरपालिका–८ खुनस्थित नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु थियो भने मोटरसाइकल चालक प्रकेश बिक घाइते भएका थिए ।

 दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै सोमबार साँझबाट राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्ध हुँदा डोटी, आछाम र बाजुराबाट अन्यत्र जाने तथा तराईबाट भित्रिने सवारी साधन तथा सयौँ यात्रु अलपत्र परेका छन् । अलपत्र परेका यात्रुले यथाशीघ्र अवरुद्ध सडक खोल्नुपर्ने भन्दै दबाब दिइरहेका छन् । 

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप शाहले पीडित पक्षसँग सहमतिका लागि जिल्ला प्रहरी कार्यालयमा वार्ता जारी रहेको जानकारी दिए। प्रहरीले सो दुर्घटनामा संलग्न भएको आशंकामा एक बोलेरो जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको  प्रहरी निरीक्षक शाहले बताए।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : ०३ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर