पर्यटकबाट हुने आम्दानी बढ्यो, शिक्षाको नाममा बाहिरियो ३२ अर्ब « Khabarhub

पर्यटकबाट हुने आम्दानी बढ्यो, शिक्षाको नाममा बाहिरियो ३२ अर्ब


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ३.५ प्रतिशतले वृद्धि भएको हो ।

‘सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब १३ करोड रहेको थियो’, राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भई ५५ अर्ब ७८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ३२ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय २३ अर्ब २९ करोडले घाटामा रहेको छ । जुन खुद सेवा आय अघिल्लो वर्षको सोही अवधिमा २९ अर्ब ३९ करोडले घाटामा रहेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : २६ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६