पर्यटकबाट हुने आम्दानी बढ्यो, शिक्षाको नाममा बाहिरियो ३२ अर्ब « Khabarhub

पर्यटकबाट हुने आम्दानी बढ्यो, शिक्षाको नाममा बाहिरियो ३२ अर्ब


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्षको तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ३.५ प्रतिशतले वृद्धि भएको हो ।

‘सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब १३ करोड रहेको थियो’, राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भई ५५ अर्ब ७८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ३२ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय २३ अर्ब २९ करोडले घाटामा रहेको छ । जुन खुद सेवा आय अघिल्लो वर्षको सोही अवधिमा २९ अर्ब ३९ करोडले घाटामा रहेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : २६ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत