विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेतालाई प्रधानमन्त्रीको सम्मान « Khabarhub

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेतालाई प्रधानमन्त्रीको सम्मान


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप-२०२४ का पदक विजेता नेपाली खेलाडीलाई सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गरेका हुन् ।

यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान प्राप्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाएका छन् ।

नेपाल शाररीक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान हुने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । उक्त अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ४ : ०६ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत