मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा « Khabarhub

मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । मन्त्रिपरिषद् स्थगित भएपछि अहिले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

सोमबार पनि छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार पनि बालुवाटारमा संवाद सुरु भएको  प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

शीर्ष तहको यो छलफलमा अहिले कांग्रेसबाट सभापति देउवा, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहभागी छन्।

एमालेबाट प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमाले उपमहासचिव विष्णु रिमाल लगायत सहभागी छन् ।

सोमबारको छलफलमा मन्त्रिपरिषद्का सदस्यहरू फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र महत्वाकांक्षी चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जान लागेकाले बीआरआईबारे साझा धारणा बनाउने कोसिसमा दुई दलका शीर्ष नेता जुटेका हुन् ।

कांग्रेसले बीआरआईलाई ऋण नभएर अनुदानमा परिणत गरेर अघि बढाउनुपर्ने मत राखिरहेको छ । तर एमालेले भने अन्य दातृ निकायले दिएकै दरमा ऋण दिए भए पनि बीआरआई अघि बढाउन लचिलो हुनुपर्ने मत राखिरहेको छ ।

सोमबार कमजोर नतिजा भएका मन्त्रिपरिषद्का केही सदस्यहरू हेरफेरबारे पनि दुई नेताबीच कुरा भएको बताइएको छ । कांग्रेस र एमाले दुवै दल मन्त्रीहरू परिवर्तन गर्ने तयारीसहित छलफलमा छन् ।

मंगलबार अपरान्ह पनि पहिले देउवा र ओलीबीच एक्लाएक्लै संवादपछि शीर्ष तहका अन्य नेता पनि बालुवाटारमा जुटेका हुन् । मंगलबार नै सभापति देउवाले बूढानीलकण्ठमा कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका थिए । सोमबार गृहमन्त्री रमेश लेखक पनि बूढानीलकण्ठ पुगेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ५ : १९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर