मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा « Khabarhub

मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । मन्त्रिपरिषद् स्थगित भएपछि अहिले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

सोमबार पनि छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार पनि बालुवाटारमा संवाद सुरु भएको  प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

शीर्ष तहको यो छलफलमा अहिले कांग्रेसबाट सभापति देउवा, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहभागी छन्।

एमालेबाट प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमाले उपमहासचिव विष्णु रिमाल लगायत सहभागी छन् ।

सोमबारको छलफलमा मन्त्रिपरिषद्का सदस्यहरू फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र महत्वाकांक्षी चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जान लागेकाले बीआरआईबारे साझा धारणा बनाउने कोसिसमा दुई दलका शीर्ष नेता जुटेका हुन् ।

कांग्रेसले बीआरआईलाई ऋण नभएर अनुदानमा परिणत गरेर अघि बढाउनुपर्ने मत राखिरहेको छ । तर एमालेले भने अन्य दातृ निकायले दिएकै दरमा ऋण दिए भए पनि बीआरआई अघि बढाउन लचिलो हुनुपर्ने मत राखिरहेको छ ।

सोमबार कमजोर नतिजा भएका मन्त्रिपरिषद्का केही सदस्यहरू हेरफेरबारे पनि दुई नेताबीच कुरा भएको बताइएको छ । कांग्रेस र एमाले दुवै दल मन्त्रीहरू परिवर्तन गर्ने तयारीसहित छलफलमा छन् ।

मंगलबार अपरान्ह पनि पहिले देउवा र ओलीबीच एक्लाएक्लै संवादपछि शीर्ष तहका अन्य नेता पनि बालुवाटारमा जुटेका हुन् । मंगलबार नै सभापति देउवाले बूढानीलकण्ठमा कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका थिए । सोमबार गृहमन्त्री रमेश लेखक पनि बूढानीलकण्ठ पुगेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ५ : १९ बजे

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न