आज २०८१ साल पुस ४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस ४ गते बिहीबारको राशिफल


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर १९ तारिख। पौष कृष्ण पक्षको चौथी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ। चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ। साथीको सहयोग मिल्नेछ।

वृष : दिन सहज छ। आफन्तको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा भने सोचेको कुरा तत्काल प्राप्त नहुने योग छ। शिक्षाको क्षेत्रमा मेहनत गरेमा सफलता हात लाग्नेछ। स्वदेशमा रोजगारीको विकल्प देखिनेछन्।

मिथुन : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने योग छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। चिसोबाट जोगिएर काम गर्नुपर्नेछ।

कर्कट : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। शुभग्रहको बहुमत भएकाले दिन राम्रो बन्नेछ। राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा नाफा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट लाभ हुनेछ।

सिंह : खर्च बढ्नेछ। असफलतासँग नडराई काममा निरन्तरता दिनु आवश्यक देखिन्छ। विदेशको मोह त्यागेर स्वदेशमा मेहनत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा मेहनत गरेको भए सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : कृषि सम्बन्धी व्यापारमा लाभ हुनेछ। दूधको व्यापार गर्नु फाइदा हुनेछ। दाजुभाइसँगको मनमुटावले मन दुख्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। आफ्ना प्रतिस्पर्धीले खुट्टा तान्नेछन्। शिक्षाको क्षेत्रका आलस्यता बढ्नेछ। स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन्। परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। मनमा उत्साह लिएर लगानी गर्नुपर्नेछ। आजको निर्णय दीर्घकालीन बन्ने भएकाले निर्णय गर्नु अगाडि सोच्नुपर्ने छ। बिहान उठेर शिवको भजन गरेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य राम्रो छ। सम्पत्तिलाई मात्र हेर्दा इज्जत गुम्ने खतरा छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। परिवारभित्र सम्बन्धमा समस्या हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त हुनेछ। दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा मेहनत गरेमा सफलता मिल्नेछ। घरको वातावरण शान्त बन्नेछ।

कुम्भ : मनमा अशान्ति बढ्नेछ। परिवारबाट अपमानित भएको महसुस हुनेछ। यो सबै मध्य साढेसाती दशाको फल हो। यसबाट टाढा रहन किहान शिवको भजन सुन्नुपर्ने हुन्छ। स्वास्थ्यामा भने सुधार हुनेछ। समाजसेवाको अवसर मिल्नेछ।

मीन : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक शिक्षामा भन्दा पनि निजी शिक्षामा लगानी गर्दा फाइदा हुनेछ। राजनीतिक गर्नेसँग भने सचेत बन्नुपर्नेछ। साथीभाइको साथ मिल्नेछ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ५ : ११ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र