राज्य व्यवस्थासहित पाँचवटा समितिको बैठक बस्दै  | Khabarhub Khabarhub

राज्य व्यवस्थासहित पाँचवटा समितिको बैठक बस्दै 


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सीईडीएडब्लु को आधारभूत सिफारिस नंम्बर ३९ का सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेस भएको प्रतिवेदन उपर छलफल हुनेछ ।

राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफलको कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ६ : ४७ बजे

बुमराहले पाँचौँ टेस्ट नखेल्ने

काठमाडौं – एन्डरसन तेन्दुलकर ट्रफी अन्तरगत बिहीबार ओभलमा सुरु हुने

प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले इजरायलले केही शर्त स्वीकार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १४ गते बुधबार। साउन