गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते « Khabarhub

गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली सेनाले गाजामाथिको आक्रमणलाई निरन्तरता दिएको छ। पछिल्लो आक्रमणमा १४ जनाको ज्यान गएको छ। यसरी ज्यान गुमाउनेमा बच्चा र अहली अरब अस्पतालका चिकित्सकसमेत छन्। बेइत हानोनमा राहत कार्यक्रम वितरणमा अवरोध नगर्न गरिएको बारम्बारको अनुरोधलाई समेत इजरायलले अस्वीकार गरेको आरोप संयुक्त राष्ट्र संघले लगाएको छ

हानोन, बेहत लाहिया र जाबालियामा ७० दिनदेखि इजरायलको पकड छ। प्यालेस्टाइनी अथुरिटीले पनि जेनिन शरणार्थी शिविरमा बारम्बार छापा मारेको छ। यसैगरी मगाय शरणार्थी शिविरमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ।

हिजबुल्लाहसँग युद्ध विराम भए पनि गाजामा युद्ध गरी रहेको इजरायलमाथि अहिले यमनमाथि समेत आक्रमण हुन थालेको छ, यमनबाट आएको एक मिसाइल निस्तेज मारिएको इजरायली सेनाले जनाएको छ। यमनको हाउथी समूहले ‘प्यालेस्टाइनी २’ नामक मिसाइल प्रहार गरेको जनाएको हो। हाउथीले इजरायलमा गाजामा आक्रमण जारी राखेका कारण सो आक्रमण गरेको बताएको छ।

यसैबीच अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केनले २० जनवरीमा नयाँ प्रशासनको उपस्थिति अगावै हमास र इजरायलको बिचमा युद्ध विराम भइसक्ने कुरामा विश्वास व्यक्त गरेका छन्।

यस युद्धमा इजरायलमा कम्तीमा ११३९ जना, गाजामा ४५०९७ जना तथा वेस्ट बैङ्कमा ८१५ जना मारिएको दाबी गरिएको छ। यसैगरी इजरायलमा कम्तीमा ८७३०, गाजामा १०७२२४ तथा वेस्ट बैङ्कमा कम्तीमा ६२५० जना घाइते भएका जनाइएको छ। भर्खरै कमल आदवान अस्पतालमा इजरायलले आक्रमण गरे पनि यसको विवरण आइसकेको छैन।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ८ : ५९ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण