ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट « Khabarhub

ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्टस्विरुद्ध पहिला ब्याटिङमा उत्रिएको कर्णाली संकटमा परेको छ ।

कर्णालीले १०० रन पूरा नगर्दै ७ विकेट गुमाएको हो । १२ दशमलव ३ ओभरमै कर्णालीले ७९ को अवस्थामा ६ विकेट गुमाएको थियो । त्यसपछि कप्तान सोमपल कामीलाई सय रन पुग्दा गुमायो । सोमपाल केबल ८ बलमा ५ रन बनाउँदै आउट भए ।

कर्णालीका कुनै पनि ब्याटर टिकेर खेल्न सकेका छैनन् । अहिलेसम्म सबैभन्दा बढी रन बनाउने ओपनर देव खनाल हुन् । उनले २० बलमा ३ चौका १ छक्काको सहयोगमा २४ रन जोडे ।

अर्का ओपनर जयकिशन कोलसेवालाले ४ बल खर्चेर १ रन बनाए । जिशान मकसूद ११ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे ।

विलियम बिसस्टो पनि सस्तैमा पवेलियन फर्किए । उनले १५ बल खर्चेर १ चौकाको सहयोगमा १४ रन जोडे ।

चाडबिक १३ बल खर्चेर १ चौकाको सहयोगमा वाल्टन ११ रन जोडे । अर्जुन घर्ती ३ बलमा २ रन जोडेर ब्याटिङबाट बिदा भए ।

अहिले क्रिजमा गुलशन झा र सोमपाल कामी छन् ।

१५ ओभरमा आइपुग्दा कर्णालीले ७ विकेटको क्षतिमा १०१ रन बनाएको छ । कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १ : ४८ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द