ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट « Khabarhub

ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्टस्विरुद्ध पहिला ब्याटिङमा उत्रिएको कर्णाली संकटमा परेको छ ।

कर्णालीले १०० रन पूरा नगर्दै ७ विकेट गुमाएको हो । १२ दशमलव ३ ओभरमै कर्णालीले ७९ को अवस्थामा ६ विकेट गुमाएको थियो । त्यसपछि कप्तान सोमपल कामीलाई सय रन पुग्दा गुमायो । सोमपाल केबल ८ बलमा ५ रन बनाउँदै आउट भए ।

कर्णालीका कुनै पनि ब्याटर टिकेर खेल्न सकेका छैनन् । अहिलेसम्म सबैभन्दा बढी रन बनाउने ओपनर देव खनाल हुन् । उनले २० बलमा ३ चौका १ छक्काको सहयोगमा २४ रन जोडे ।

अर्का ओपनर जयकिशन कोलसेवालाले ४ बल खर्चेर १ रन बनाए । जिशान मकसूद ११ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे ।

विलियम बिसस्टो पनि सस्तैमा पवेलियन फर्किए । उनले १५ बल खर्चेर १ चौकाको सहयोगमा १४ रन जोडे ।

चाडबिक १३ बल खर्चेर १ चौकाको सहयोगमा वाल्टन ११ रन जोडे । अर्जुन घर्ती ३ बलमा २ रन जोडेर ब्याटिङबाट बिदा भए ।

अहिले क्रिजमा गुलशन झा र सोमपाल कामी छन् ।

१५ ओभरमा आइपुग्दा कर्णालीले ७ विकेटको क्षतिमा १०१ रन बनाएको छ । कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १ : ४८ बजे

स्वास्थ्य नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता : स्वास्थ्यमन्त्री मेहता 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदमा कार्यकारी

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

जेनेभा– आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम