दोस्रो क्वालिफायर : चलेनन् कर्णालीका ब्याटर, जनकपुरलाई ११९ रनको सहज लक्ष्य « Khabarhub

दोस्रो क्वालिफायर : चलेनन् कर्णालीका ब्याटर, जनकपुरलाई ११९ रनको सहज लक्ष्य


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायरमा कर्णाली याक्सका ब्याटर नचल्दा जनकपुर बोल्ट्सले ११९ रनको सहज लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाालीले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो ।

क्वालिफायरमा जनकपुरका बलर सामु कर्णालीका ब्याटर टिक्न सकेनन् । गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन जोडे ।

२० बल खेलेका अर्का ब्याटर ओपनर देव खनालले २४ रन बनाएर । उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

क्वालिफायरमा जनकपुरका बलर सामु कर्णालीका ब्याटर टिक्न सकेनन् । यो इनिङमा कर्णालीका ब्याटरहरुले जम्मा १० चौका र ३ छक्का मात्रै प्रहार गरे ।

गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन जोडे ।

युनिश ठकुरीले १७ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे । ओपनर जयकिशन कोलसेवाला रनको खाता मात्रै खोलेर आउट भए । उनले ४ बल खर्चेर १ रन मात्रै बनाएका हुन् ।

कर्णालीका जिशान मकसूद १२, विलियम बिसिस्टो १४ र चाडबिक वाल्टन ११ रनमा आउट भए ।

बलिङतर्फ जनकपुरका ललित राजवंशी, जेम्स नीशम र महोम्मद मोसिनले समान दुई–दुई विकेट लिए ।

ललितले कर्णालीका ओपनर जयकिशन र विलियम बोसिस्टोको विकेट लिए ।

जेम्सले कर्णालीका ओपनर देव खनाल र युनिश ठकुरीलाई पवेलियन फर्काए । महोम्मद मोसिनले जिशान मकसूद र गुलशन झाको विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  २ : ०५ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ