महिलाहरूको पाठेघरको निःशुल्क परीक्षण  | Khabarhub Khabarhub

महिलाहरूको पाठेघरको निःशुल्क परीक्षण 


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘स्वास्थ्यलाई प्राथमिकता दिऔँ, आफ्नो र आफ्नो परिवारको स्वास्थ्य परीक्षण गराऔँ’ भन्ने नारासहित पुस ६ गते कोटेश्वरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।

कोटेश्वर ढकाल समाज र कान्तिपुर अस्पतालको सहकार्यमा आउने शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । कान्तिपुर अस्पतालका मेडिकल निर्देशक तथा वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य जाँच गरिने आयोजकले जानकारी दिएको छ ।

शिवरमा स्त्री तथा प्रसूति सेवा अन्तर्गत महिलाहरूको लागि पाठेघरको परीक्षण (पाप टेस्ट) पनि गरिन्छ । यो परीक्षणले पाठेघरको क्यान्सर तथा अन्य स्वास्थ्य समस्याहरूको सुरुवाती अवस्था पत्ता लगाउन मद्दत मिल्नेछ । त्यस्तै, सुगर जाँच, रक्तचाप, इसीजी लगायतका स्वास्थ्य सेवा निःशुल्क हुनेछ । शिविरमा रक्तदानको कार्यक्रम समेत रहेको छ ।

साथै, कार्यक्रम बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म रहनेछ । दीपिका स्कुलको प्राँङगणमा हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  २ : २७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग