महिलाहरूको पाठेघरको निःशुल्क परीक्षण  « Khabarhub

महिलाहरूको पाठेघरको निःशुल्क परीक्षण 


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘स्वास्थ्यलाई प्राथमिकता दिऔँ, आफ्नो र आफ्नो परिवारको स्वास्थ्य परीक्षण गराऔँ’ भन्ने नारासहित पुस ६ गते कोटेश्वरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।

कोटेश्वर ढकाल समाज र कान्तिपुर अस्पतालको सहकार्यमा आउने शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । कान्तिपुर अस्पतालका मेडिकल निर्देशक तथा वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य जाँच गरिने आयोजकले जानकारी दिएको छ ।

शिवरमा स्त्री तथा प्रसूति सेवा अन्तर्गत महिलाहरूको लागि पाठेघरको परीक्षण (पाप टेस्ट) पनि गरिन्छ । यो परीक्षणले पाठेघरको क्यान्सर तथा अन्य स्वास्थ्य समस्याहरूको सुरुवाती अवस्था पत्ता लगाउन मद्दत मिल्नेछ । त्यस्तै, सुगर जाँच, रक्तचाप, इसीजी लगायतका स्वास्थ्य सेवा निःशुल्क हुनेछ । शिविरमा रक्तदानको कार्यक्रम समेत रहेको छ ।

साथै, कार्यक्रम बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म रहनेछ । दीपिका स्कुलको प्राँङगणमा हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  २ : २७ बजे

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट