ब्रेन क्यान्सरसँग हारे विवेक, सिर्जनाले गुमाइन् जीवनसाथी « Khabarhub

ब्रेन क्यान्सरसँग हारे विवेक, सिर्जनाले गुमाइन् जीवनसाथी


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ । निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । अस्पतालमा उपचारका क्रममा बुधबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पढाइमा निकै तेज पंगेनी भौतिकशास्त्रमा पीएचडी गर्न छात्रवृत्तिमा वि. सं. २०७९ मा अमेरिका गएका थिए । पार्किन्सन्सले थला परेकी आमाको मृत्यु भएपछि उनी नेपाल फर्किएका थिए ।

आमाको काजकिरिया सकेपछि अमेरिका फर्किने तयारीमा रहँदा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

स्वास्थ्य परीक्षण गर्दा विवेकलाई ब्रेन ट्युमर देखियो । उनी क्यान्सरको चौथो स्टेजमा पुगेको रिपोर्ट आयो । त्यसलगत्तै उनी उपचारका लागि अमेरिका गए ।

पारिवार स्रोतका अनुसार विवेकको अमेरिकाको अस्पतालमा ७० प्रतिशत ट्युमर निकालिएको थियो ।

बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत् लामो समयसम्म गर्नुपर्ने चिकित्सकले बताएपछि उनको परिवार आर्थिक सहयोग जुटाउन लागेका थिए ।

‘गो फन्ड’मार्फत् उनीहरूले १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन गरे। त्यस्तै बैंक खातामा पनि सहयोग आयो ।

पत्नी सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटर र टिकटबाटै सार्वजनिक गरिरहन्थिन् । श्रीमानलाई बचाउन सम्पूर्ण बलबुता खर्चिरहेकी उनले आज हारेकी छन्।

सामाजिक सञ्जालमा उनीहरूका धेरै शुभचिन्तक छन् । दम्पत्तिका रुपमा उनीहरू मुना-मदन जस्तै भनेर धेरैले प्रंशसा गर्छन् । सिर्जनाको असीम प्रेम र समर्पणलाई धेरै आदर्श नारीका रुपमा ब्याख्या गर्छन् ।

श्रीमानको अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई खबर गरेकी थिइन् । परिवारका अनुसार विवेकका पिता मीनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेका छन् । चार महिनाअगाडि मात्रै विवेकका दाजु विपिनको पनि सडक दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ३ : २१ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान