विपिनले बलमा कर्णालीको कमब्याक, ७ विकेट क्षतिमा जनकपुरले १०० रन कटायो | Khabarhub Khabarhub

विपिनले बलमा कर्णालीको कमब्याक, ७ विकेट क्षतिमा जनकपुरले १०० रन कटायो


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले सुरुवातमै झट्का ब्योहरेर पनि जेम्स निसमले विस्फोटक ब्याटिङसहित आशा जगाएका थिए ।

लगातार विकेट गएको अवस्थामा निशमले १७ बलमा ४५ रन बनाएपछि जनकपुरको स्कोर अघि बढेको थियो । तर उनलाई कर्णालीका १६ वर्षीय बलर विपिन शर्माले आउट गराए ।

निशम आउट भएपछि लगत्तै मोहम्मद मोहसिन पनि आउट भए ।

जनकपुरले सुरुवातीमै ओपनरद्वय सुवास कंशाकार र आशिफ शेखलाई सस्तैमा गुमाएको थियो । तेस्रो क्रमका लिहारू मिलान्थालाई पनि जनकपुरले ९ बलमा २ रन बनाएको अवस्थामा गुमाएको थियो ।  यी तीनै ब्याटरले दुई अंकको रन जोड्न सकेनन् ।

त्यसपछि आकाश त्रिपाठी १३ र हर्ष ठाकर १७ रनमा आउट भए । मोहम्मद मोहसिनले १ रन मात्रै बनाए ।

यसअघि पहिलो विकेटमा रुपमा मैदानबाट बाहिरिए सुवासले ६ बलमा ३ रन बनाए ।

उनी विपिन खत्रीको बलमा कर्णालीका कप्तान सोमपाल कामीमार्फत क्याच आउट भए । लिहारूलाई विलियम बिसिस्टोले नन्दन यादवबाट क्याच आउट गराए ।

दोस्रो विकेटका रुपमा बाहिरिएका जनकपुरका कप्तान आशिफले ६ बलमा ४ रन जोडे । उनी सोमपाल कामीको बलमा नन्दन यादवमार्फत् क्याच आउट भएका हुन् ।

लगातार विकेट गए पनि खेल जनकपुरकै हातमा छ । ताजा अवस्थामा उसले १७ ओभरमा ७ विकेट गुमाएर १०१ रन बनाइसकेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ११९ रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ३ : ४३ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार