विपिनले बलमा कर्णालीको कमब्याक, ७ विकेट क्षतिमा जनकपुरले १०० रन कटायो « Khabarhub

विपिनले बलमा कर्णालीको कमब्याक, ७ विकेट क्षतिमा जनकपुरले १०० रन कटायो


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले सुरुवातमै झट्का ब्योहरेर पनि जेम्स निसमले विस्फोटक ब्याटिङसहित आशा जगाएका थिए ।

लगातार विकेट गएको अवस्थामा निशमले १७ बलमा ४५ रन बनाएपछि जनकपुरको स्कोर अघि बढेको थियो । तर उनलाई कर्णालीका १६ वर्षीय बलर विपिन शर्माले आउट गराए ।

निशम आउट भएपछि लगत्तै मोहम्मद मोहसिन पनि आउट भए ।

जनकपुरले सुरुवातीमै ओपनरद्वय सुवास कंशाकार र आशिफ शेखलाई सस्तैमा गुमाएको थियो । तेस्रो क्रमका लिहारू मिलान्थालाई पनि जनकपुरले ९ बलमा २ रन बनाएको अवस्थामा गुमाएको थियो ।  यी तीनै ब्याटरले दुई अंकको रन जोड्न सकेनन् ।

त्यसपछि आकाश त्रिपाठी १३ र हर्ष ठाकर १७ रनमा आउट भए । मोहम्मद मोहसिनले १ रन मात्रै बनाए ।

यसअघि पहिलो विकेटमा रुपमा मैदानबाट बाहिरिए सुवासले ६ बलमा ३ रन बनाए ।

उनी विपिन खत्रीको बलमा कर्णालीका कप्तान सोमपाल कामीमार्फत क्याच आउट भए । लिहारूलाई विलियम बिसिस्टोले नन्दन यादवबाट क्याच आउट गराए ।

दोस्रो विकेटका रुपमा बाहिरिएका जनकपुरका कप्तान आशिफले ६ बलमा ४ रन जोडे । उनी सोमपाल कामीको बलमा नन्दन यादवमार्फत् क्याच आउट भएका हुन् ।

लगातार विकेट गए पनि खेल जनकपुरकै हातमा छ । ताजा अवस्थामा उसले १७ ओभरमा ७ विकेट गुमाएर १०१ रन बनाइसकेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ११९ रनको लक्ष्य पाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ३ : ४३ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै