वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शाही « Khabarhub

वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शाही


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग जोड्न आफ्नो मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको बताएका छन्।
उक्त मन्त्रालयको संयोजन र खाद्य तथा कृषि संगठनको सहयोगमा बिहिबार आयोजित राष्ट्रिय नीति संवादमा उनले वनसँग सम्बन्धित जनसरोकारका विषयमा बाधा बनेका ऐन कानुन संशोधन गरी जनतालाई समृद्धिसँग जोड्ने प्रयास भइरहेको बताए ।
‘मुलुकाका सामुदायिक वन स्थानीय जनताको सहभागिता तथा सक्रियतामा व्यवस्थित हुनु हाम्रा लागि प्रेरणा हो’, मन्त्री शाहीले भने। उनले देशका २३ हजारभन्दा बढी सामुदायिक वन सम्पदाको सदुपयोगबाट स्थानीय समुदायलाई गरिबीबाट उठाउन मद्दत मिलेको बताए।
मन्त्री शाहीले वनको दिगो व्यवस्थापन, वनमा आधारित उद्यमको विकास, पर्या–पर्यटन प्रवर्द्धन, कार्बन व्यापारलगायत वनसम्बन्धी गतिविधि बढाएर समृद्धितर्फको यात्रालाई सहज बनाउन सक्ने विचार व्यक्त गरे।
उनले सामुदायिक वनमा आश्रित महिला, आदिवासी, जनजाति, दलितलगायत सीमान्तकृत समूह र युवाको समानुपातिक सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ४ : ३५ बजे

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई