पाँच वर्षदेखि थन्किएका बस सञ्चालन « Khabarhub

पाँच वर्षदेखि थन्किएका बस सञ्चालन


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको आजदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ ।

यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस आजदेखि सञ्चालनमा ल्याइएको हो ।

एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन सुरु गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

अनुदान सहयोगमा पाँच बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषलाई विसं २०७७ मङ्सिर ९ गते हस्तान्तरण गरेको थियो । यसअघि पर्यटक सेवाका लागि हरियो नम्बरप्लेट बनाउने कानुनी प्रावधान रहेकामा मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि सञ्चालनमा समस्या भएको थियो । दाताले दिएका सवारीसाधनलाई विकास कोषले आजदेखि परीक्षणका रूपमा दानपेटिका राखेर सञ्चालन गरिएको जनाएको छ ।

प्रतिनिधिसभाका सांसद वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, प्रदेशका सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्युतीय बसको शुभारम्भ गरे। बुटवलबाट भैरहवा विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट विमानस्थल हुँदै लुम्बिनीको रूटमा बस सञ्चालन हुने जनाइएको छ । बस चढ्ने यात्रुले स्वेच्छिक रूपमा दानपेटिकामा रकम दिन सक्नेछन् ।

बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद घिमिरेले कानुनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस आगामी दिनमा निरन्तर सञ्चालन हुने बताए। उनले तत्काललाई दानपेटिकमार्फत सञ्चालनमा आएको सेवा आगामी दिनमा निश्चित खाका बनाएर सेवा प्रवाह गर्ने बताउँदै यसले पर्यटक तथा यात्री लाभान्वित हुने विश्वास व्यक्त गरे।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले यसअघि कानुनी द्विविधाका कारण नियमित बस सञ्चालन गर्न नसकेको बताउँदै अब पनि कानुन देखाएर रोक्ने काम नगर्न प्रशासनलाई आग्रह गरे। कोषका सदस्य–सचिव सानुराजा शाक्यले सेतो नम्बरप्लेटलाई हरियो नम्बरप्लेटमा रुपान्तरण गर्न नसक्दा सञ्चालनमा समस्या आएको बताउँदै आगामी दिनमा दीर्घकालीन रूपमा सञ्चालन गर्न सबैको सहयोग आवश्यकपर्ने उल्लेख गरे।

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी होटल व्यवसायी सङ्घ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ६ : ०० बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको