मलेसिया दश वर्षअघि २३९ यात्रीसहित हराएको विमानको फेरि खोजी गर्दै « Khabarhub

मलेसिया दश वर्षअघि २३९ यात्रीसहित हराएको विमानको फेरि खोजी गर्दै


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाले १० वर्षअघि हराएको विमानको फेरि खोजी सुरु गर्ने तयारी गरेको छ । चीनको बेइजिङबाट राजधानी क्वालालाम्पुरका लागि उडान भर्ने क्रममा सन् २०१४ मार्चमा हराएको मलेसिया एयरलाइन्सको एमएच ३७० विमानको फेरि खोजी सुरु गर्ने भएको हो ।

बेइजिङबाट २३९ यात्रुसहित उडेको विमान हराएको घटना आजसम्म पनि रहस्यको गर्भमै छ । वर्षौंसम्म उक्त विमानको खोजीका लागि मेलेसियाले प्रयास गरिरहेको थियो ।

हराएको विमानमा सवार यात्रुका आफन्तले अहिलेसम्म पनि उक्त घटना भुल्न सकेका छैनन् । शुक्रबार मलेसियाका परिवहनमन्त्री एन्थनी लोकेले मन्त्रिपरिषद्ले उक्त विमानको खोजीका लागि अमेरिकास्थित मरिन एक्सप्लोरेशन फर्म ओशन इन्फिनिटीसँग ७ करोड डलरको सम्झौताका लागि अनुमति दिएको जानकारी दिएका छन् ।

बीबीसीका अनुसार विमानको क्षतिग्रस्त भागहरू फेला परेपछि मात्रै मलेसिया सरकारले उक्त सम्झौता रकम ओशन इन्फिनिटीलाई भुक्तानी गर्ने बताएको छ ।

यद्यपि, सन् २०१८ मा ओशन इन्फिनिटीले सोही शर्तमा सुरु गरिएको खोजी अभियान तीन महिनासम्म पनि सफल हुन नसकेपछि बन्द गरिदिएको थियो । -बीबीसीबाट

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : ३९ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद