‘बैंकर्स र व्यवसायी छुट्याउनैपर्छ’ : नरबहादुर थापा | Khabarhub Khabarhub

‘बैंकर्स र व्यवसायी छुट्याउनैपर्छ’ : नरबहादुर थापा


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिमा छलफल क्रममा छ ।

उक्त विधेयकमा बैंकर्स र व्यवसायी छुट्याउने प्रस्ताव आएसँगै अहिले व्यवसायीहरूले त्यसप्रति आपत्ति जनाउन थालेका छन् । बैंकहरूको नियामक नेपाल राष्ट्र बैंकका केही पूर्व गर्भनरहरूले नै यस्तो प्रस्ताव उचित नभएको बताइरहेका छन् ।

तर, केन्द्रीय बैंकका पूर्व कार्यकारी निर्देशक (ईडी) नरबहादुर थापा भने बैंकर्स र व्यवसायी छुट्याउन सक्दा नेपालको आर्थिक वृद्धिदर नै बढ्ने बताउँछन् । कुल गार्हस्थ उत्पादन (जीडीपी) जति हुनुपर्ने हो, नेपालको आर्थिक मोडलकै कारण त्यसो हुन नसकेकाले अब बैंकर्स र व्यवसायी छुट्याउनुपर्ने थापाको भनाइ छ ।

कुनै पनि देशले आर्थिक मोडल आफूअनुकूल बनाउन सक्ने, तर त्यसलाई व्यवस्थित बनाउन व्यवसायी र बैंकर्स छुट्याउन आवश्यक रहेको थापाको तर्क छ ।

‘जो जुनसुकै ठाउँमा भएकाले हाम्रो देशको विकास हुन सकेन, युवाहरू निराश भएर विदेश पलायन हुँदै जाँदा त्यसबाट केही व्यापारीले फाइदा लिने भए पनि समग्रमा देशलाई भने फाइदा पुगिरहेको छैन,’ थापा भन्छन्, ‘यस्तै भयो भने देशको आर्थिक वृद्धिदर त्यही ४.५ प्रतिशतमा सीमित हुन्छ, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने कि नगर्ने भन्ने विषय पनि को कुन क्षेत्रमा रहन पाउने भन्ने विषयसँग जोडिन्छ भन्ने लाग्छ ।’

‘त्यही व्यवसायी छ, त्यही बैंकर्स छ, कहिले ब्याजदर धेरै भयो भन्छ, कहिले कर्जा गएन भन्छ, कहिले लगानीका लागि पुँजी पाइएन भन्छ, नियामक राष्ट्र बैंकले नै समन्वय गर्न नसक्ने अवस्था निम्त्याएका छन्‌’  

व्यवसायी र बैंकर्स छुट्टिएमा सरकारलाई पनि डिल गर्ने सजिलो हुने, को बैंकर्स र को व्यवसायी भन्ने थाहा हुने र उनीहरूको स्वार्थ खुट्याउन सजिलो हुने थापा बताउँछन् । यसो नगरिए सधैँ अलमल मात्र हुने र अहिलेकै झैँ केही कुरा नबुझिने उनको भनाइ छ । ‘अहिले ब्याजदर यत्तिका कम हुँदा पनि कर्जा गइरहेको छैन, बैंकर्स र व्यवसायी नछुट्टिएकैले पनि यसो भएको हो,’ थापाले भने ।

बैंक तथा वित्तीय संस्थामा एक प्रतिशत शेयर भएको व्यक्तिले अन्य कुनै पनि वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था निकै राम्रो भएको थापाको प्रतिक्रिया छ । ‘यही व्यवस्थाले अब बैंकर्स र व्यवसायी छुट्याउँछ’, थापाले भने, ‘उता आफ्ना नातेदार राख्ने, यता बैंक पनि चलाउने, व्यवसाय पनि चलाउने गर्न पाइँदैन ।’

बैंकर र व्यवसायीले दुईवटा डुङ्गामा खुट्टा राख्न नमिल्ने थापा बताउँछन् । यसो गर्दा दुबै क्षेत्र गन्तव्यमा नपुगेको र देशको आर्थिक विकास नै प्रभावित भएको उनको भनाइ छ ।

‘शेयर बेच्न केही समय दिनुपर्छ’

थापाका अनुसार, अहिले बैंकमा लगानी गरेका व्यवसायीलाई आफ्नो शेयर बेच्न केही समय दिनुपर्छ ।

लगानीकर्ताले आफ्नो शेयर बेच्न चाहेको खण्डमा बजारले माग र आपूर्तिलाई व्यवस्थापन गर्ने थापा बताउँछन् । ‘शेयर बेच्न एक/दुई वर्ष समय दिइयो भने त्यो आफैँ सेटल हुन्छ’, थापाले भने ।

बैंकर्स र व्यवसायी छुट्याउने मुद्दा २० वर्ष अघिदेखिकै भएको, तर एउटै व्यक्तिलाई बैंकर्स र व्यवसायी बन्न दिन नहुनेबारे अहिलेसम्म निर्क्योल नहुनु दुःखद रहेको उनले बताए । स्वार्थ बाझिने भएकाले व्यवसायी र बैंकर्स छुट्याउन खोजिएको थापाको भनाइ छ ।

‘बैंकर र व्यवसायी नछुट्याउने भए यस्तो अवधारण किन ल्याएको ? २० वर्षसम्म यसबारे किन वकालत गरेको ? व्यवसायी र बैंकर्स छुट्याउनुपर्छ भनी नेपाली विद्वानहरूले किन चर्चा गरेको ?’  

‘अहिले विश्वको ट्रेण्ड पनि त्यही छ, आ–आफ्नो क्षेत्रमै लगाव राखेर काम गर्दा देशकै आर्थिक विकास हुन्छ, त्यसैले अब बैंकर्स र व्यवसायी छुट्याउनैपर्छ’, थापाले थपे, ‘त्यही व्यवसायी छ, त्यही बैंकर्स छ, कहिले ब्याजदर धेरै भयो भन्छ, कहिले कर्जा गएन भन्छ, कहिले लगानीका लागि पुँजी पाइएन भन्छ, नियामक राष्ट्र बैंकले नै समन्वय गर्न नसक्ने अवस्था निम्त्याएका छन्‌ ।’

त्यसो गर्न सम्भव नभएको भनी उठेका प्रश्नबारे थापा प्रतिप्रश्न गर्छन्, ‘त्यसो भए यस्तो अवधारण किन ल्याएको ? २० वर्षसम्म यसबारे किन वकालत गरेको ? व्यवसायी र बैंकर्स छुट्याउनुपर्छ भनी नेपाली विद्वानहरूले किन चर्चा गरेको ?’

बैंकर्स र व्यवसायी छुट्याउन केही असम्भव नभएको थापा बताउँछन् । अर्थतन्त्र चलाउने नयाँ अवधारणा अपनाउन ढिलाइ गर्न नहुने उनको तर्क छ ।

बैंकमा रहेको व्यवसायीको शेयर शुरूमा कसले किन्ने, अहिले भएका व्यवसायीले के गर्ने भन्नेबारे ट्रयाकमा गएपछि सहज हुने थापाको भनाइ छ । ‘शुरूमा त्यति धेरै शेयर कसैले नकिन्ने र शेयर बजार नै क्य्रास हुने भनी चर्चा गरे पनि त्यस्तो समस्या ननिम्तने उनले दाबी गरे ।

पहिले पिठ्यूँमा गाडी बोकेर ल्याइ चलाए पनि अहिले सबैतिर बाटाघाटा बनेर जसरी विकास भएको छ – यसलाई पनि त्यसैगरी लिनुपर्ने थापाको भनाइ छ ।

अहिले व्यवसायी र बैंकर्स छुट्याउने कुरा गाह्रो देखिए पनि ट्रायकमा गएको खण्डमा यो सहज तरिकाले चल्ने थापा बताउँछन् ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ५१ बजे

६ महिनामा १९ करोड राजस्व सङ्कलन

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि

शिक्षासँगै सीप कार्यक्रम सञ्चालन

मोरङ– पथरी शनिश्चरे वडा नम्बर ८ का सुप्रिम बिक र

राष्ट्रपति पौडेलबाट अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री आजदेखि खुला

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि