घरजग्गा क्षेत्रमा बैंकको ऋण प्रवाह बढ्दो, कारोबार भने घट्दो « Khabarhub

घरजग्गा क्षेत्रमा बैंकको ऋण प्रवाह बढ्दो, कारोबार भने घट्दो


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा ऋण लगानीको मात्रालाई बढाउँदै लगेको देखिएको छ । तर, सो क्षेत्रमा बढ्दै गएको ऋणको अनुपातमा भने घरजग्गा कारोबारमा वृद्धि भएको देखिँदैन ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालका क, ख, ग र घ वर्गका बैंकहरूले पछिल्लो तीन वर्ष र चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा घरजग्गा क्षेत्रमा प्रवाह हुने ऋण प्रवाहलाई निरन्तर बढाउँदै लगेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष ०७८७९ को असार महिनाको तुलनामा गत आर्थिक वर्षको असार महिनामा ३९ अर्ब ९० करोड ३० लाख रूपैयाँ घरजग्गा क्षेत्रमा ऋण लगानी गरेका छन् ।

तर, आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०८०/८१ मा घरजग्गाको लिखत पारित सङ्ख्या भने तीन लाखमा घटेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ ।

विभागको अभिलेख अनुसार आर्थिक वर्ष ०७८/७९ मा सात लाख ४५ हजार ११९ वटा लिखत पारित भएकोमा ०८०/८१ मा सो सङ्ख्या दुई लाख बढीले घटेर पाँच लाख ३७ हजार २९५ मा सीमित भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा लिखत पारितको सङ्ख्या चार लाख ६३ हजार ३२२ थियो ।

आर्थिक वर्ष ०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरूले रियल स्टेट कर्जाको क्षेत्रमा दुई खर्ब २८ अर्ब २५ करोड ५० लाख रूपैयाँ लगानी गरेका थिए । रियल स्टेट क्षेत्रमा बैंकहरूको लगानी ०७९/८० मा ९.३५ प्रतिशतले वृद्धि भएर दुई खर्ब ४९ अर्ब ५८ करोड ८० लाख रुपैयाँ पुगेको थियो ।

तर, आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा बैंकहरूले रियल स्टेट क्षेत्रमा ९.५ प्रतिशतले कर्जा वृद्धि गरेपनि लिखत पारितको सङ्ख्या भने झण्डै तीन लाखले घटेर चार लाख ६३ हजार ३२२ वटामा सीमित भएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, गत आर्थिक वर्ष ०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले रियल स्टेट क्षेत्रमा आर्थिक वर्ष ०७९/८० को तुलनामा ७.४४ प्रतिशतले कर्जा लगानी वृद्धि गरेर दुई खर्ब ६८ अर्ब १५ करोड ८० लाख रूपैयाँ पुर्‍याएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा भने गत आर्थिक वर्षमा घर–जग्गाको लिखत पारित सङ्ख्या एक लाखले बढेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंक तथा वित्तीय संस्थाले रियल स्टेट क्षेत्रमा ऋण लगानीलाई थप १.९९ प्रतिशतले वृद्धि गरी दुई खर्ब ६८ अर्ब ६ करोड ८० लाख रूपैयाँ पुर्‍याएका छन् । सो अवधिमा एक लाख सात हजार १६० वटा लिखत पारित भएको विभागको तथ्याङ्क छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ६ : १२ बजे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर- सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४६०

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएको