घरजग्गा क्षेत्रमा बैंकको ऋण प्रवाह बढ्दो, कारोबार भने घट्दो « Khabarhub

घरजग्गा क्षेत्रमा बैंकको ऋण प्रवाह बढ्दो, कारोबार भने घट्दो


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा ऋण लगानीको मात्रालाई बढाउँदै लगेको देखिएको छ । तर, सो क्षेत्रमा बढ्दै गएको ऋणको अनुपातमा भने घरजग्गा कारोबारमा वृद्धि भएको देखिँदैन ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालका क, ख, ग र घ वर्गका बैंकहरूले पछिल्लो तीन वर्ष र चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा घरजग्गा क्षेत्रमा प्रवाह हुने ऋण प्रवाहलाई निरन्तर बढाउँदै लगेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष ०७८७९ को असार महिनाको तुलनामा गत आर्थिक वर्षको असार महिनामा ३९ अर्ब ९० करोड ३० लाख रूपैयाँ घरजग्गा क्षेत्रमा ऋण लगानी गरेका छन् ।

तर, आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०८०/८१ मा घरजग्गाको लिखत पारित सङ्ख्या भने तीन लाखमा घटेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ ।

विभागको अभिलेख अनुसार आर्थिक वर्ष ०७८/७९ मा सात लाख ४५ हजार ११९ वटा लिखत पारित भएकोमा ०८०/८१ मा सो सङ्ख्या दुई लाख बढीले घटेर पाँच लाख ३७ हजार २९५ मा सीमित भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा लिखत पारितको सङ्ख्या चार लाख ६३ हजार ३२२ थियो ।

आर्थिक वर्ष ०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरूले रियल स्टेट कर्जाको क्षेत्रमा दुई खर्ब २८ अर्ब २५ करोड ५० लाख रूपैयाँ लगानी गरेका थिए । रियल स्टेट क्षेत्रमा बैंकहरूको लगानी ०७९/८० मा ९.३५ प्रतिशतले वृद्धि भएर दुई खर्ब ४९ अर्ब ५८ करोड ८० लाख रुपैयाँ पुगेको थियो ।

तर, आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा बैंकहरूले रियल स्टेट क्षेत्रमा ९.५ प्रतिशतले कर्जा वृद्धि गरेपनि लिखत पारितको सङ्ख्या भने झण्डै तीन लाखले घटेर चार लाख ६३ हजार ३२२ वटामा सीमित भएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, गत आर्थिक वर्ष ०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले रियल स्टेट क्षेत्रमा आर्थिक वर्ष ०७९/८० को तुलनामा ७.४४ प्रतिशतले कर्जा लगानी वृद्धि गरेर दुई खर्ब ६८ अर्ब १५ करोड ८० लाख रूपैयाँ पुर्‍याएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा भने गत आर्थिक वर्षमा घर–जग्गाको लिखत पारित सङ्ख्या एक लाखले बढेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंक तथा वित्तीय संस्थाले रियल स्टेट क्षेत्रमा ऋण लगानीलाई थप १.९९ प्रतिशतले वृद्धि गरी दुई खर्ब ६८ अर्ब ६ करोड ८० लाख रूपैयाँ पुर्‍याएका छन् । सो अवधिमा एक लाख सात हजार १६० वटा लिखत पारित भएको विभागको तथ्याङ्क छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ६ : १२ बजे

इरानप्रति अमेरिकी नीति पुनरावलोकन, आगामी कदम विचाराधीन

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान अवस्थासम्बन्धी विषयमा आफ्नो

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन