भारतसँग मिल्दामात्रै नेपालको विकास सम्भव छ | Khabarhub Khabarhub

विचार

भारतसँग मिल्दामात्रै नेपालको विकास सम्भव छ


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

पर्यटनको क्षेत्रमा हामीले विभिन्न कार्यक्रम गर्छौं, तर विदेशमा गएर । आफ्नै देशका विभिन्न ठाउँहरूमा यस्ता कार्यक्रमहरू गर्ने हो भने त्यो बढी प्रभावकारी हुन्थ्यो । विभिन्न देशका मिडिया र मानिसहरूलाइ बोलाएर नेपालमा के छ भनी देखाउने हो भने त्यसले बढी प्रभाव पार्छ जस्तो लाग्छ ।

बाहिरका मानिस लाई ल्याएर नेपालको पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ । जस्तोः मुक्तिनाथ मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानुभयो । त्यसपछि त्यहाँ पर्यटक सङ्ख्या ह्वात्तै बढ्यो । पशुपतिमा पर्यटन र दर्शन गर्ने मानिसको सङ्ख्या छ, तर हामीले डोलेश्वर महादेवको पनि प्रचारप्रसार/प्रवर्द्धन गर्न सकेको खण्डमा अरू पाँच लाख पर्यटक काठमाडौंमा थपिन्छन् ।

नेपालमा पाँच गणेशहरूका मन्दिर छन्, जुन ओझेलमा छन्‌। पहिलेका मानिसहरू कोही कोही हिँडेर जाने गर्छन् । नेपालका त पाइला–पाइलामा मन्दिरहरू छन्, तर लुकेका छन् ।

नेपालमा प्रख्यात कुराहरू जुन लुकेर बसेका छन् – त्यसको प्रचारप्रसार गर्न अन्तराष्ट्रिय मिडिया ल्याउने दूतावासहरूले पनिसहयोग गर्ने हो भने नेपालमा थप पर्यटक आउन सक्छन् । हामी टाढाका पर्यटकको कुरा नगरौँ । हामीले नेपालमा ओझेलमा रहेका मठ–मन्दिरको नै प्रचार गर्न सक्यौँ भने भारतबाटै निकै धेरै दर्शनार्थी आउँछन् ।

नेपालमा आएका पर्यटकलाई होटल एशोसिएसन नेपाल (हान), पर्यटन बोर्ड र होटल व्यवसायीहरूले अवश्य सहयोग गर्छन् । बजेट पनि छुट्याइएको हुन्छ । अहिले हामीले भारतीय पर्यटक नै ल्याउन सक्यौँ भने पछि बौद्ध धर्मावलम्बीहरूलाई पनि तान्न सकिन्छ । तर, पहिले त्यस्ता योजनाहरू बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।

अहिले नेपालले सबैभन्दा धेरै अलैँची भारतमै निर्यात गर्छ । तर, उचित मूल्य लिन सकेका छैनौ । हामीले ६०० रुपैयाँमा निर्यात गरिरहेका छौँ, जब कि नेपालमै २५ सय रुपैयाँमा कारोबार भइरहेको छ 

भारतीयहरू अहिले साहसिक पर्यटन (एडभेन्चर्स टूरिज्म) मा आकर्षित हुँदैछन् । हामीले ठाउँ–ठाउँमा विभिन्न प्रकारका एडभेन्चर्स पर्यटकीय गन्तव्य व्यवस्थित गर्न सक्नुपर्छ । मिडियाको प्रयोग गर्न सक्यौँ भने झनै राम्रो हुन्छ । हाम्रा विभिन्न स्थानमा रहेका विमानस्थलहरू चलायमान बनाउन आवश्यक छ । विशेषगरी भैरहवा र पोखरा विमानस्थललाई चलायमान बनाउनुपर्छ । भैरहवा विमानस्थलमा सीधै भारतीय नागरिक अवतरणमा लगाइएको रोक हटाउनुपर्‍यो । भैरहवा विमास्थल चलायमान हुने बित्तिकै लुम्बिनी नजिक हुन्छ । यसो हुँदा हाम्रो बुद्ध सर्किट जोडियो । पर्यटकहरू धेरै बढ्छन् ।

अहिले त पोखरा र लुम्बिनीमा भएका होटेलहरू पनि राम्रोसँग चल्न सकेका छैनन् । ती होटल चलायमान बनाउन भारतीय पर्यटक तान्नुपर्छ । त्यहाँ भएका होटेलमा भारतीयलाई ल्याउन सकियो भने सुविधामा थप आधुनिकीकरण हुनेछ । होटलहरू नाफामा जानेछन् ।

यो पनि –

नेपाल-भारत सम्बन्ध : ५ प्राथमिकता

भारतको बजारसँग जोडिन सकेको खण्डमा नेपाललाई निकै फाइदा पुग्छ । अहिले पनि भारतमा नेपाली घिउको अत्यधिक माग छ । तर, त्यो गैरकानूनी बाटोबाट निर्यात भइरहेको छ । शीलाजित र मह लगायतलाई पनि ब्राण्डिङ गर्न सक्यौँ भने नेपाली उत्पादनको बजारीकरणमा ठूलो मद्दत पुग्छ ।

सिमलतरुलको माग पनि त्यतिकै छ । हाम्रो नेपालको पूर्वी पहाडमा राम्ररी सिमलतरुल उत्पादन गर्न सकिन्छ । यसबाट किसानले कम लागतमा नै राम्रो आम्दानी गर्न सक्छन् । यस्ता उत्पादन अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउन हामीलाई अब तत्काल कृषिजन्य सामग्री प्रशोधन उद्योगहरू आवश्यक छ ।

यस निम्ति एक जनाले मात्रै जोड गरेर हुँदैन । सरकारी तथा अन्य क्षेत्रबाट पनि सहयोग हनुपर्छ । यसलाई जोड्ने माध्यम दूतावासहरू बन्नुपर्‍यो । त्यसरी काम गर्ने हो भने दुई लाखभन्दा बढी किसानले ६ महिनामै आम्दानी लिन सक्छन् । हामीले यी उत्पादन भारतमै धेरै निर्यात गर्न सक्छौं ।

नेपाल सरकारले पूर्व–पश्चिम रेलका लागि खर्च गरेको छ । त्यो बालुवामा पानी खन्याएजस्तै हो । भारत सरकारसँग मिलेर काम गर्ने हो भने मात्रै सम्भव छ  

यसका लागि हामीले भारतीय ब्राण्डहरूलाई नेपाल ल्याएर हाम्रो नेपाली उत्पादन प्रशोधन गरी विश्वबजारमा पुर्‍याउन लगाउनुपर्छ । विश्व बजारमै नेपाली सामग्रीहरूको प्रचार–प्रसार हुनुका साथै नेपाली उत्पादन भनेर बेच्दा राम्रो मूल्य प्राप्त हुन्छ । नेपाली सामानको माग विश्वभरबाट हुन्छ ।

अहिले नेपालले सबैभन्दा धेरै अलैँची भारतमै निर्यात गर्छ । तर, उचित मूल्य लिन सकेका छैनौ । हामीले ६०० रुपैयाँमा निर्यात गरिरहेका छौँ, जब कि नेपालमै २५ सय रुपैयाँमा कारोबार भइरहेको छ । निर्यातको फिगर त देखिँदैन, तर किसानलाई मार परिरहेको छ । अहिले भारतीय कृषिमन्त्री पनि भुइँमान्छे नै हुनुहुन्छ । एकपटक भारतीय कृषिमन्त्रीलाई नेपालमा ल्याएर कार्यक्रम गर्न सकियो भने धेरै समस्याको हल हुन्छ ।

नेपालमा भएका सम्भावनाहरूलाई भारतले सहयोग गर्‍यो भने तीव्र गतिमा नेपाली कृषि क्षेत्रको विकास हुन्छ । नेपालले एक्लै काम गर्दा विभिन्न समस्याहरू आइरहेका छन् । भारतीयहरूलाई नै यहाँ आएर काम गर्न दिने हो अहिले हामीले निर्यातमा भोगेका समस्या पनि हल हुन्छ ।

भारतीय ब्राण्डसँग जोडिने बित्तिकै हामीले अहिले झेल्नुपरेका समस्याहरू हट्छन् । नेपालीहरूलाई पनि सिक्ने राम्रो अवसर हुन्छ । त्यसपछि नेपाली उद्योगहरूले पनि सिकेर धेरै ठूलो क्रान्ति गर्न सक्छन् ।

नेपाल सरकारले पूर्व–पश्चिम रेलका लागि खर्च गरेको छ । त्यो बालुवामा पानी खन्याएजस्तै हो । भारत सरकारसँग मिलेर काम गर्ने हो भने मात्रै सम्भव छ । त्यसैले यसो गर्नुभन्दा कृषिमै लगानी गर्नु राम्रो हुन्छ ।

(नेपाल–भारत द्विपक्षीय सम्बन्धबारे इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) र खबरहबको संयुक्त आयोजनामा सोमबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा व्यवसायी पवन गोल्यानले प्रस्तुत गरेका धारणाको सम्पादित अंश ।)

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  २ : ०७ बजे

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका