रवि पक्राउको विरोधमा दिनभर तनावग्रस्त पोखरा (तस्बिरहरू) « Khabarhub

रवि पक्राउको विरोधमा दिनभर तनावग्रस्त पोखरा (तस्बिरहरू)


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ प्रकरणले पोखरा शहर दिनभर तनावग्रस्त रह्यो ।

सो पार्टीका कार्यकर्ताले लामिछाने पक्राउको विरोधमा दिनभर प्रदर्शन गरे । प्रशासनले एकसाथ पाँच जनाभन्दा बढी हिँड्न नपाउनेगरी पोखरा महानगरमा निषेधाज्ञा नै जारी गर्‍यो ।

तर, प्रदर्शनमा उत्रिएका रास्वपा स्वयंसेवक संघका कार्यकर्ता र नेपाल प्रहारीबीच झडप नै भयो । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले पानी र अश्रुग्यास प्रहार गर्‍यो ।

अश्रुग्यास र पानीको फोहरा लागेका धर्मराएका रास्वपा कार्यकर्तालाई कतै सहयोगीले भरथेग गर्दै थिए भने कतै उनीहरू सडकमै पल्टिएका थिए । प्रहरी पनि रास्वपा कार्यकर्ताको प्रदर्शन रोक्न प्रयासरत देखिन्थ्यो ।

कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा रास्वपा सभापति लामिछाने गत शुक्रबार पक्राउ परेका थिए । कास्की जिल्ला अदालतको आदेशमा कास्की प्रहरीले उनीसहित १४ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो ।

काठमाडौंको चमतीस्थित पार्टी कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरी टोलीले रातारात कास्की पोखरा पुर्‍याएको थियो । हिजो शनिबार परेकाले उनलाई प्रहरीले आज अदालतमा उपस्थित गराएर अनुसन्धान निम्ति ६ दिने म्याद लिएको छ ।

लामिछाने पक्राउ पर्नुअघि नै रास्वपाले कार्यकर्तालाई सरकारविरुद्ध प्रदर्शनमा उत्रन आह्वान गरेको थियो । उनी पक्राउ परेदेखि नै रास्वपा कार्यकर्ताले काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्‌ ।

तस्बिरहरूः

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै