आज २०८० साल माघ ६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल माघ ६ गते शनिबारको राशिफल


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ ६ गते शनिबार तदनुसार सन् २०२४ जनवरी २० तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ ।

नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । व्यापार र रोजगारीबाट प्रगति हुनेछ । पुरानो रोग बढ्ने देखिन्छ । चिसो मौसम भएकाले तातो कपडा लगाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । परिवारको साथ रहनेछ ।

वृष : दैनिकी सामान्य छ । आम्दानीका क्षेत्र सबल छन् । प्रतिस्पर्धी शक्तिशाली देखिन्छन् । प्रेम सम्बन्ध राम्रो बन्नेछ । परिवारको साथ र सहयोग रहने छ ।

मिथुन : समय राम्रो छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा समस्या रहने भएकाले खानपानमा ख्याल गर्नुपर्छ । शिक्षामा राम्रो प्रतिफल प्राप्त होला । परिवारको झन्झट सुन्नुपर्ने दिन छ ।

कर्कट : दैनिकी सामान्य छ । असहयोग गर्ने धेरै छन् । धार्मिक क्षेत्रको यात्रा रमाइलो हुनेछ । परिवारको साथ रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन रमाइलो छ । तर वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । धार्मिक क्षेत्रको यात्रा सफल नहुन सक्छ । शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुने योग रहेको छ । परिवारको असन्तुष्टि सुन्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । लगानीको क्षेत्र सबल छ । परिवारसँगको समय रमाइलो हुनेछ । प्रतिस्पर्धी पराजित हुनेछन् । प्रेम सम्बन्धका लागि शुभ दिन रहेको छ ।

तुला : सन्तानलाई दिएको शिक्षा उचित नहुँदा गलत व्यवहार गर्न सक्छन् । दाम्पत्य जीवन सामान्य ढंगले चल्नेछ । शिक्षाको क्षेत्रमा धोखा हुने देखिन्छ ।

वृश्चिक : दिन सामान्य छ । झुटा आरोप सुन्नुपर्ने हुन्छ । गणेशको चिन्तन गर्नुहोला । मानसिक चिन्ता हट्नेछन् । हरेक क्षेत्रमा खटपट आए पनि परिवारको साथ र सहयोग राम्रो मिल्नेछ ।

धनु : दिन राम्रो छ । आफू शान्त रहे सबै शान्त हुने योग रहेको छ । तपाईंको बोलीले आफैंलाई अप्ठेरोमा पार्नेछ । शिक्षा र स्वास्थ्य क्षेत्र सबल छ । परिवारसँगको सम्बन्ध सुमधुर रहन्छ ।

मकर : समय सामान्य छ । धेरै राम्रा कामलाई छोडेर एउटा गल्तीको खोजी हुने भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारबाट राम्रो साथ मिल्नेछ । प्रेम सम्बन्ध आजका लागि सफल देखिन्छ ।

कुम्भ : दैनिकी सामान्य छ । हरेक क्षेत्र विवादित छन् । आम्दानी भन्दा खर्च बढी हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा झमेला हुनसक्ने देखिन्छ ।

मीन : समय राम्रो छ । बन्धुबाट सकारात्मक सहयोग हुने योग रहेको छ । परिवारसँगको सम्बन्ध राम्रो हुनाले दिन रमाइलो हुनेछ । अचानक सञ्चित धन खर्च भए पनि अरु सबै पक्ष सबल छन् ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ५ : ४७ बजे

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६