म्यानचेस्टर सिटी सबैभन्दा मूल्यवान टिम, बार्सिलोना पाचौँ « Khabarhub

म्यानचेस्टर सिटी सबैभन्दा मूल्यवान टिम, बार्सिलोना पाचौँ


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मूल्यवान क्लब बनेको छ ।

फुटबल बेन्चमार्कले सार्वजनिक गरेको युरोपियन फुटबल क्लबहरुको वार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मूल्यवान हो ।

यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मुल्य १४१४ मिलियन युरो रहेको छ । जुन अघिल्लो वर्षको भन्दा ९ प्रतिशतले बढी हो ।

त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पिएसजी रहेको छ । पिएसजीको टिमको बजार मूल्य ११५२ मिलियन युरो छ, जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । रियल म्याड्रिडको टिमको बजार मूल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

त्यसैगरी जर्मनी क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ । बायर्नको टिमको बजार मूल्य १०२३ मिलियन युरो रहेको छ । बायर्नको बजार मूल्य अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

त्यस्तै स्पेनिस क्लब बार्सिलोना यस सूचीमा पाँचौं स्थानमा रहेको छ । बार्सिलोनाको टिमको अहिलेको बजार मूल्य अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : २९ बजे

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस

राष्ट्रियसभामा उठाइयो इन्धन असहजता र बढ्दो महँगीका विषय 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको

मातृभूमिमै लगानी गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग

सरकारबारे एमालेको अडान : कडा निगरानीसहित खरबदारी गरिरहन्छौँ

काठमाडौं- प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली