चितवनमा एक जना पुरुषको शव फेला « Khabarhub

चितवनमा एक जना पुरुषको शव फेला


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारीभित्र एक पुरुषको शव फेला परेको छ ।

मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोका मगर नाम गरेको लाइसेन्स फेला परेको छ । मृतकको परिवारसँग सम्पर्क गर्नका लागि जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

खैरहनी–१२ बस्ने हरि पाठकको जग्गामा एकला महतोले लगाएको केराघारीभित्र पुरुषको शव फेला परेको हो । मृतकको शरिरमा ठूलो चोट नदेखिएको र घुँडा कोतारिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई काठमाडौ‌का एक व्यक्तिले मौरी चरनका लागि खटाएका थिए । शवको पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ३१ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको