एनिमल अब ओटीटीमा पनि आउने « Khabarhub

एनिमल अब ओटीटीमा पनि आउने


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चाँडै नै बलिउडको सुपरहिट फिल्म एनिमल टिभी र मोबाइलमा हेर्न सकिने भएको छ ।

फिल्मका निर्देशक सन्दीप वांगा रेड्डीले जनवरी २६ मा फिल्म नेटफ्लिक्समा रिलिज हुने बताएका छन् । सन् २०२३ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । यस फिल्ममा अभिनेता बबी देओलले सानो तर जबरदस्त भूमिका निभाएका छन्, जसको मानिसहरुले निकै प्रशंसा गरेका छन् ।

यसका साथसाथै अब थिएटरमा यो फिल्म मिस गरेकाहरूले अब यसलाई घरमै ओटीटी प्लेटफर्म नेटफ्लिक्समा हेर्न सक्षम हुनेछन् । यस फिल्ममा रणवीर कपुरको अभिनय र उनको लुकको निकै तारिफ भएको छ । फिल्ममा रणवीरले अहिलेसम्मकै अनौठो भूमिका निभाएका छन् ।

यो चलचित्रमा बाबु छोराको कथा देखाइएको छ । फिल्ममा अनिल कपुर रणवीर कपुरका बुवाको भूमिकामा देखिएका छन् । यो फिल्म १ डिसेम्बरमा हलमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन बक्स अफिसमा ठूलो कमाई गरेको थियो । पहिलो दिन एनिमलले ६१ करोड रुपैयाँ संकलन गरेको छ । फिल्मको कुल कलेक्शनको कुरा गर्ने हो भने ३२ दिनमा विश्वभर ८९१ करोड कमाउन सफल भएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६