दुर्गमका नागरिकलाई घुम्ती शिविरमार्फत नागरिकता | Khabarhub Khabarhub

दुर्गमका नागरिकलाई घुम्ती शिविरमार्फत नागरिकता


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भोजपुर– उत्तरी क्षेत्रमा अवस्थित षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई लक्षित गरेर इलाका प्रशासन कार्यालय दिङ्लाबाट शिविरमार्फत नागरिकता वितरण भइरहेको छ ।

भौगोलिकरुपमा विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछोका बासिन्दालाई नागरिकता प्राप्त गर्न निकै कठिन छ । यहाँका नागरिकलाई नागरिकता लिन धेरै समय र खर्च लाग्ने गरेको छ । भौगोलिक विकटताका कारण कतिपय स्थानीय लामो समयसम्म नागरिकतासमेत नबनाइ बस्ने गरेका छन् ।  

नागरिकले पाएको सास्तीलाई ध्यानमा राखेर यहाँका स्थानीयलाई घुम्ती शिविर सञ्चालन गरेर नागरिकता प्रदान गरिएको छ । साल्पासिलिछो गाउँपालिका र इलाका प्रशासन कार्यालय दिङ्लाको समन्वयमा यहाँ शिविर सञ्चालन गरेर नागरिकता वितरण गरिएको हो । 

शिविरबाट घर पायकामा नागरिकता लिन पाउँदा सहजता भएको वडा नं ५ च्याक्सिलाका बासिन्दा मिङ्मा शेर्पाले बताए। भौगोलिक विकटताका कारण नागरिकता बनाउन समस्या भएको अवस्थामा गाउँमा सेवा पाउँदा खुसी लागेको उनको भनाइ छ ।

माघको दोस्रो हप्तासम्म सञ्चालन हुने गरी सुरुआत गरिएको शिविरबाट बिहीबार यहाँका दुर्गम मानिने वडा नं ५ र ६ का दुई सय ५८ जनालाई नागरिकता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए । 

यहाँका नागरिकता प्राप्त गर्न बाँकी रहेका तथा प्रतिलिपि लिनुपर्ने मानिसको तथ्यांक संकलन गरेर वितरणको कार्य शुभारम्भ गरिएको उनको भनाइ छ । गाउँपालिकाका छवटै वडाका नागरिकलाई शिविरमार्फत नागरिकता वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

‘भौगोलिक विकटताका कारण यहाँका नागरिकलाई सेवा लिन निकै समस्या छ’, प्रशासकीय अधिकृत अधिकारीले भने, ‘नागरिकता बनाउनका लागि धेरै समय र खर्च लाग्ने अवस्था छ, नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यले इलाका प्रशासन कार्यालयसँगको सहकार्यमा घुम्ती शिविरबाट सेवा प्रवाह गरिरहेका छौँ ।’

गाउँपालिकाका ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सरल किसिमले सेवा दिने उद्देश्यले घुम्ती शिविरको आयोजना गरेर सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । गाउँपालिकाको पहलमा सञ्चालन गरिएको शिविरले नागरिकलाई सहजता थपिएको अध्यक्ष कुलुङको भनाइ छ । घर पायकमा सेवा प्रवाह गरिएकाले नागरिकको समय र पैसाको बचत भएको उनले बताए।

इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीसहितको समूहले शिविरमार्फत स्थानीयलाई नागरिकता वितरण गरेको छ । शिविरमार्फत सेवा प्रवाह गर्न गाउँपालिकासँगको सहकार्यमा इलाका प्रशासन कार्यालयले गत पुस २५ गतेदेखि विवरण संकलन गरेको थियो । 

त्यही विवरणका आधारमा नयाँ नागरिकतासँगै प्रतिलिपि वितरण गरिएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार सो गाउँपालिकाको कूल जनसङ्ख्या १२ हजार दुई सय ८४ रहेको छ । यहाँ दुई हजार नौ सय ९८ घरधुरीको बसोबास छ ।  

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ३ : ५८ बजे

ह*त्या गरेको अभियोगमा पक्राउ

ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन्

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार