क्रिस्टल प्यालेसविरुद्ध आर्सनलले उत्कृष्ट जित « Khabarhub

क्रिस्टल प्यालेसविरुद्ध आर्सनलले उत्कृष्ट जित


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध आर्सनलले उत्कृष्ट जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसविरुद्ध ५–० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले दुई, गाब्रिएल माघालेस र लियान्ड्रो ट्रोसार्डले एक एक गोल गरे । क्रिस्टल प्यालेसले एक आत्मघाती गोल गरेको थियो ।

आर्सनलले गाब्रिएलको गोलमा खेलको ११ औं मिनेटमा अग्रता लिएको थियो । ५९ औं मिनेटमा ट्रोसार्डले गरे । त्यस्तै इन्ज्युरी समयको चौथो र पाँचौं मिनेटमा मार्टिनेलीले गोल गरेका थिए । खेलको ३७औं मिनेटमा क्रिस्टलका डिन हेन्डरसनले आत्मघाती गोल गरेका थिए ।

जितसँगै २१ खेलमा ४३ अंक जोडेको आर्सनल अंकतालिकाको तेस्रो स्थानमा छ । भने क्रिस्टल प्यालेस २१ अंकका साथ १४ औं स्थानमा छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ५७ बजे

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत