हेल्प नेपालले जित्यो टाइगर कप राष्ट्रिय भलिबलको उपाधि « Khabarhub

हेल्प नेपालले जित्यो टाइगर कप राष्ट्रिय भलिबलको उपाधि


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

कास्की –पोखरामा सञ्चालन भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’को पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौँले उपाधि जितेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा यही माघ १ गतेदेखि पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरुषतर्फ गत वर्षको विजेता गण्डकी प्रदेश भलिबल सङ्घ हेल्प नेपाल स्पोर्टस् क्लबसँग ३–१ को सेटमा पराजित हुँदै उपाधिमा ह्याट्रिक गर्ने सपनाबाट बञ्चित भयो । खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–१८ ले जित्दै दवाबमा राखे पनि तेस्रो सेटको खेलमा घरेलु टोली गण्डकीले पुनरागमन गर्दै २६–२४ ले खेल आफ्नो पक्षमा पारेको थियो ।

दर्शकको राम्रो साथ पाएको गण्डकीले आशातित प्रदर्शन भने गर्न सकेन । खेलमा फर्किने सङ्केत देखाए पनि चौथो सेट हेल्प नेपालले २५–१७ ले सहजरूपमा आफ्नो पक्षमा पार्दै घरेलु टोलीलाई निरास बनाउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो । च्याम्पियन बनेको हेल्प नेपालले रु पाँच लाख ५५ हजार पाँच सय ५५, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको घरेलु टोली गण्डकीले भने रु दुई लाख ५५ हजार पाँच सय ५५, ट्रफी र मेडल पुरस्कार पायो ।

पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा टिपटप हेल्प नेपालका मजहर अली, सोही टिमका खेलाडी मोहमद काशिफ उत्कृष्ट सेटर हुँदा सोही टिमका दीपक थापा घोषित भए । उत्कृष्ट सर्भरमा गण्डकीका हिमाल सुनारी, उत्कृष्ट ब्लकरमा गण्डकीका रामास्वामी आङ्गामुथु र प्रशिक्षक टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका घोषित भएन । उनले जनही रु १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरे ।

महिलातर्फ भने विभागीय टोली एपिएफले उपाधि जितिसकेको छ । उपाधिसँगै एपिएफले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको न्यूडायमण्ले रु दुई लाख ५५ हजार पाँच सय ५५ मा पायो । प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबका निरुता ठगुन्ना र पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्धिन सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही रु २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरे ।

महिलातर्फ विधागतरूपमा उत्कृष्ट स्पाइकरमा एपिएफका सरस्वती चौधरी, सर्भरमा एपिएफका जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यूडायमण्डकी बालमिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का, र उत्कृष्ट न्यूडायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित हुँदै उहाँहरूले जनही नगद रु १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरे ।

विजेता टोली तथा विधागतरूपमा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मा, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मालगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे। यही माघ १ गतेबाट सञ्चालित प्रतियोगितामा महिला र पुरुषतर्फ छ/छ गरी १२ टोलीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : ०५ बजे

सीमामा पाँचौँ दिनको युद्ध : ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

एजेन्सी– पाकिस्तान र अफगानिस्तानसँगबीच जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश

डाँपराजुलमा गाडी दुर्घटना, ८ जना घाइते

दैलेख– सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको एसएमएल गाडी डाँपराजुलस्थित वैरी स्कुल

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

सिद्धार्थनगर – जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय