‘जापानमा रोजगारी गर्न चाँडै नै नेपाली श्रमिक पठाउँछौं’ « Khabarhub

‘जापानमा रोजगारी गर्न चाँडै नै नेपाली श्रमिक पठाउँछौं’


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले चाँडै नै औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने बताएका छन‌ ।

टोकियोस्थित नेपाली दूतावास र त्यहाँको विदेशी श्रमिकको रोजगारीसम्बन्धी निकायले बिहीबार जापानमा आयोजना गरेको ‘नेपाल–जापान रोजगार सम्मेलन’मा मन्त्री भण्डारीले दुई देशबीचको निश्चित सीपयुक्त श्रमिक जापान पठाउनेसम्बन्धी श्रम समझदारीपत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको बताए ।

उनले नेपाल र जापानबीच सन् १९५६ देखिको मैत्रिपूर्ण सम्बन्ध रहिआएको स्मरण गर्दै जापान नेपालीको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य भएको बताएका श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

टोकियोमा रहँदा श्रममन्त्री भण्डारीसमक्ष जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीले भेट गरी द्विपक्षीय रोजगारी प्रवर्द्धनबारे छलफल भएको मन्त्रायले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ८ : २९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको