पोषण सुरक्षा कायम गर्न चुनौती खेप्दै सरकार | Khabarhub Khabarhub

पोषण सुरक्षा कायम गर्न चुनौती खेप्दै सरकार


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको संविधानमा मौलिक हकको सूचीमाा खाद्यसम्बन्धी हक उल्लेख गरिए पनि सरकारले नागरिकलाई पोषण सुरक्षा दिन नसकेको सरोकारवालाहरूले बताएका छन् । वि.सं. २०४६ देखि नै कुपोषणको समस्या सम्बोधन गर्न खोजे पनि लक्ष्य अनुरुप काम गर्न नसकिएको सरकारी अधिकारीहरूले नै स्वीकारेका छन् ।

बहुक्षेत्रीय पोषणको तेस्रो योजना सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले तीनै तहको सरकारबाट कार्यान्वयन गर्ने भनिए पनि भौगौलिक समस्याका कारण समान रूपमा कार्य हुन नसकेको बताए । पोषण योजना स्वास्थ्यसँग मात्रै नभएर राष्ट्रको समृद्धिसँग जोडिएको विषय भएकाले निजी क्षेत्रले पनि सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।

आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कुपोषण अन्त्य गरी मुलुकको समग्र आर्थिक र सामाजिक विकासमा योगदान गर्न सम्पूर्ण निकाय प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, ‘पहिलो र दोस्रो योजनाबाट हासिल नभएको लक्ष्य अबको योजनाले सफल बनाउँछ ।’

सरकारले सन् २०३० सम्ममा पोषण सुरक्षाको प्रतिबद्धता जनाएको छ । तर, नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० का अनुसार २०.२७ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । झण्डै ५८ लाख नागरिक गरिबीको रेखामुनि रहेकाले पोषण सुनिश्चितता लक्ष्य हासिल गर्न चुनौति रहेको बताइएको हो ।

नागरिकमाा पोषण अवस्था सुधार गर्न नेपालले वि.सं. २०६९ मा राष्ट्रिय योजना आयोगको नेतृत्व र विषयगत मन्त्रालय तथा विकास साझेदार, युरोपेली संघ तथा युनिसेफ, नागरिक समाज लगायत अन्य सरोकारवाला निकायलेको सहकार्यमा पहिलो बहुक्षेत्रीय पोषण योजना २०६९/०७०–२०७३/०७४ कार्यान्वयन गरेको थियो ।

त्यस्तै, दोस्रो योजना (२०७५/०७६–२०७९/०८०) कार्यान्वयन गरेको थियो । पहिलो योजना अवधिमा ३० जिल्लामा कार्यक्रम कार्यान्वयन भएको थियो । साथै, दोस्रो अवधिमा ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको थियो ।

यस अघिका दुई योजनाहरु पाँच/पाँच वर्षको अवधिको रहेकोमा दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयन अवधि २०३० सम्म तादाम्य हुनेगरी तेस्रो योजनाको अवधि ८ वर्ष कायम गरिएको आयोगले जानकारी दिएको छ ।

नेपालमा अझै पनि पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन र १९ प्रतिशतमा कम तौलको समस्या रहेको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापी रुपमा पाँच वर्ष मुनिका बालबालिको मृत्युको विभिन्न कारणमध्ये ४५ प्रतिशत कुपोषण रहेको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार नेपालमा प्रतिहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ छ ।

बहुक्षेत्रीय पोषण तेस्रो योजना २०८०/८१–२०८७/०८८ ले कुपोषण निवारणको लागि विभिन्न प्रतिवद्धता जनाएको छ । यस योजना कार्यान्वयन अवधिमा ‘कुपोषणको अन्त्य, मानव पुँजी निर्माण र समग्र सामाजिक आर्थिक विकास’ लाई आत्मसात गरिने आयोगले जानकारी दिएको हो ।

महिलामा आइरनको कमीले हुने रक्तअल्पता, पूर्ण स्तनपान गराउने घट्दो दर, न्यूनतम आहारको कमी, झाडापखाला, श्वासप्रश्वास संक्रमण र सरसफाइको कमीले कुपोषण न्यूनीकरणमा समस्या रहेको सरोकारवालाहरू बताउँछन् । उनीहरूका अनुसार बालविवाह, किशोर अवस्थामै गर्भवती हुनु र लैगिक विभेदमा पर्नु लगायतका चुनौती पनि नेपालले खेपिरहेको छ ।

कर्णाली योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले आफ्नो क्षेत्रमा अझै पनि सडक पुग्न नसकेका कारण यो लक्ष्य हासिल गर्न मुस्किल भएको बताए । उनले पोषण सुरक्षा ग्यारेण्टी गर्न सरकारले दुर्गम क्षेत्रमा सेवा पुर्‍याउने सडक पनि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : २१ बजे

मेटमणिलाई संकट, अघि बढ्यो साढे ५ करोडको चेक अनादार मुद्दा

काठमाडौं- अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा सांसद पदबाट निलम्बित भएको

पहिरोले अरनिको राजमार्ग बन्द

चौतारा– भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए 

एजेन्सी – सिरियाली युद्धका क्रममा आफ्नो देश छोडेर भागेका २०

आरआरमा लोकेश नेतृत्वको स्ववियुलाई वैधानिकता

काठमाडौं– रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)