राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा | Khabarhub Khabarhub

राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवम्‌ प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् । होटेलियर इन्डियाले हालै सार्वजनिक गरेको यो सूचीमा विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश छन् ।

होटेलियर पावर लिस्टमा समावेश हुनुको अर्थ विश्व आतिथ्य उद्योगमा उल्लेखनीय योगदान पुर्‍याएको मान्यता भएको चौधरी ग्रुपले जनाएको छ । यस सूचीमा ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट र एकोर जस्ता विश्वप्रसिद्ध ब्रान्डहरू समावेश छन् ।

‘मैले यो सम्मानलाई सीजी हस्पिटालिटीको विश्वव्यापी विस्तार र विश्वस्तरीय सेवाको रूपमा लिएको छु,’ लिस्टमा सूचीकृत भएपछि चौधरीले भने, ‘यसले हाम्रा पाहुनाहरूलाई प्रदान गर्ने उत्कृष्ट सेवा र गुणस्तरलाई प्रतिविम्बन गराउँछ ।’

सीजी हस्पिटालिटी होल्डिङ्सले हाल १२ देशका ११६ गन्तव्यहरूमा १८५ भन्दा बढी होटल तथा रिसोर्टहरू सञ्चालन गरिरहेको छ । ती होटल र रिसोर्टहरूमा ११ हजारभन्दा बढी किज (रुम) रहेका छन्। सन् २०२५ सम्ममा २०० भन्दा बढी होटलहरू र १२ हजार किजहरू सञ्चालन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

सीजी हस्पिटालिटीका साझेदार ब्रान्डहरूमा ताज, भिभान्ता, जेटविङ, र्‍याडिसन र फेयरमोन्ट जस्ता ब्रान्डहरू समावेश छन् । यसका साथै सीजी हस्पिटालिटीको स्वामित्वमा द जिंक, द फर्न, समिट र द फार्म जस्ता ब्रान्डहरू पनि रहेका छन् ।

सीजी हस्पिटालिटीको इतिहास दुई दशकभन्दा लामो छ । यसको सुरुवात टाटा समूहको आइएचसीएलसँग मालदिभ्समा ताज एक्जोटिका रिसोर्ट एन्ड स्पा र ताज कोरल रिफ, कोलम्बोमा ताज समुद्र र भारतमा ताज सफारीका ४ होटलहरूमा लगानी गरेर भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : ०० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता