राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा « Khabarhub

राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवम्‌ प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् । होटेलियर इन्डियाले हालै सार्वजनिक गरेको यो सूचीमा विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश छन् ।

होटेलियर पावर लिस्टमा समावेश हुनुको अर्थ विश्व आतिथ्य उद्योगमा उल्लेखनीय योगदान पुर्‍याएको मान्यता भएको चौधरी ग्रुपले जनाएको छ । यस सूचीमा ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट र एकोर जस्ता विश्वप्रसिद्ध ब्रान्डहरू समावेश छन् ।

‘मैले यो सम्मानलाई सीजी हस्पिटालिटीको विश्वव्यापी विस्तार र विश्वस्तरीय सेवाको रूपमा लिएको छु,’ लिस्टमा सूचीकृत भएपछि चौधरीले भने, ‘यसले हाम्रा पाहुनाहरूलाई प्रदान गर्ने उत्कृष्ट सेवा र गुणस्तरलाई प्रतिविम्बन गराउँछ ।’

सीजी हस्पिटालिटी होल्डिङ्सले हाल १२ देशका ११६ गन्तव्यहरूमा १८५ भन्दा बढी होटल तथा रिसोर्टहरू सञ्चालन गरिरहेको छ । ती होटल र रिसोर्टहरूमा ११ हजारभन्दा बढी किज (रुम) रहेका छन्। सन् २०२५ सम्ममा २०० भन्दा बढी होटलहरू र १२ हजार किजहरू सञ्चालन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

सीजी हस्पिटालिटीका साझेदार ब्रान्डहरूमा ताज, भिभान्ता, जेटविङ, र्‍याडिसन र फेयरमोन्ट जस्ता ब्रान्डहरू समावेश छन् । यसका साथै सीजी हस्पिटालिटीको स्वामित्वमा द जिंक, द फर्न, समिट र द फार्म जस्ता ब्रान्डहरू पनि रहेका छन् ।

सीजी हस्पिटालिटीको इतिहास दुई दशकभन्दा लामो छ । यसको सुरुवात टाटा समूहको आइएचसीएलसँग मालदिभ्समा ताज एक्जोटिका रिसोर्ट एन्ड स्पा र ताज कोरल रिफ, कोलम्बोमा ताज समुद्र र भारतमा ताज सफारीका ४ होटलहरूमा लगानी गरेर भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : ०० बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को