अमिताभको कमाइ : ८० वर्षमा २७३ करोड « Khabarhub

अमिताभको कमाइ : ८० वर्षमा २७३ करोड


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमिताभ बच्चनको उमेर ८१ वर्ष भयो । तर उनी बलिउडमा सक्रिय छन् । फिल्म मात्रै होइन उनी विज्ञापन, रियालिटी शोहरुमा पनि उत्तिकै व्यस्त छन् ।

अमिताभ यो उमेरमा पनि काममा यति धेरै सक्रिय छन् नयाँ स्टारभन्दा बढी कमाइ गर्छन् । यो कुरा उनकी श्रीमती जया बच्चनसँग सम्बन्धित दस्तावेजबाट खुलेको हो ।

जया भारतको माथिल्लो सदन ‘राज्यसभा’को उम्मेदवार बन्ने तयारी गर्दै छिन् । पाँचौँ कार्यकालका लागि उत्तर प्रदेशबाट समाजवादी पार्टीको उम्मेदवार बन्ने तरखरमा छिन् उनी । मनोनयन दर्ताका क्रममा उनले आफ्नो र पति अमिताभको सम्पत्ति र वार्षिक आम्दानी पेस गरेकी थिइन् ।

यहीबाट यो जोडीको कमाइ सार्वजनिक भएको हो । सो विवरणअनुसार गत वर्ष कुनै पनि सुपरहिट फिल्म नदिएका अमिताभले २७३ करोड भारु आम्दानी गरेका छन् । अर्थात् उनले ८० वर्षको उमेरमा सो सम्पत्ति जोडेका हुन् । भारतीय मिडियाका अनुसार उनले विज्ञापन, रियालिटी शो र फिल्मबाट सो कमाइ गरेका हुन् ।

त्यस्तै, जयाले पेस गरेको विवरणमा बच्चन परिवारसँग एक हजार करोड भारु बराबरको सम्पत्ति छ । उनीहरूसँग ८०० करोड भारु बराबरको चल र २०० करोड बराबरको अचल सम्पत्ति छ ।

त्यस्तै, अमिताभसँग नगद भने एकदमै कम रहेको छ । उनीसँग १२ लाख ७५ हजार भारु मात्रै नगद रहेको छ भने जयासँग ५७ हजार भारु नगद रहेको छ ।

सो विवरणमा अमिताभले १७ करोड भारु पर्ने लक्जरी कारको प्रयोग गर्ने खुलाइएको छ । जयाले भने ९ लाख ८२ हजार पर्ने कार प्रयोग गर्ने सो विवरणमा उल्लेख छ । आफ्नो परिवारका सदस्यसँग ५४ करोड ७७ लाख भारु बराबरको गहनासमेत रहेको जयाले खुलाएकी छिन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : ५० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने