बैठकमा मोबाइल चलाएपछि ओलीको आक्रोश « Khabarhub

बैठकमा मोबाइल चलाएपछि ओलीको आक्रोश


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका हुन् ।

‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि । अलिकति बैठकमा अनुशासन राखौँ न हो ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : २८ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै