१० वर्षमा २५८ सहकारीविरुद्ध उजुरी, १५ सय ४० जना फरार « Khabarhub

१० वर्षमा २५८ सहकारीविरुद्ध उजुरी, १५ सय ४० जना फरार


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो १० वर्षमा सहकारी ठगी र रकम हिनामिना गरेको विषयलाई लिएर सयौं सहकारीहरुविरुद्ध उजुरी परेको छ ।

पछिल्लो १० वर्षमा देशैभरी २५८ वटा सहकारीहरूविरुद्ध उजुरी परेको नेपाल प्रहरीको तथ्यांकले देखाएको हो । तथ्यांकअनुसार; प्रहरीले उजुरी परेकामध्ये अहिलेसम्म ६६९ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारीका १५ सय ४० सञ्चालक फरार छन् ।

कोशीमा ३४, मधेशमा २७, बागमतीमा १८, गण्डकीमा २०, लुम्बिनीमा १८, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा ८ वटा सहकारीबारे प्रहरीमा  मुद्दा दर्ता भएका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाका १०७ वटा सहकारीविरुद्ध मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा पनि २० वटा सहकारीका मुद्दा दर्ता भएको र ती मुद्दासँग जोडिएका १२७ जना फरार छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ४८ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म