दीपेश पुनको सहयोगमा जितेका थिए जीबी राईले सम्बन्धविच्छेदको मुद्दा « Khabarhub

दीपेश पुनको सहयोगमा जितेका थिए जीबी राईले सम्बन्धविच्छेदको मुद्दा


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न सहकारीमा बचतकर्ताको रकम अपचलन गरी फरार भएका भनिएका गितेन्द्रबहादुर राई (जीबी राई) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको सहयोगमा श्रीमतीसँग सम्बन्धविच्छेद गरेको खुलेको छ । संसदको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष समितिको छानबिनले सो खुलासा गरेको हो ।

राईले आफ्नी पहिली श्रीमतीसँग दीपेश पुनको सहयोगमा सम्बन्धविच्छेदको मुद्दा जितेको र त्यसपछि उनीहरू हेलिकप्टर चढेर ओखलढुंगा सँगै पुगेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

‘उनकै सहयोगमा जीबी राईले वातावरण बनाई पहिलो श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा जिते । र, हेलिकप्टर चढेर जिल्ला सदरमुकाम ओखलढुंगामा दीपेश–जीबीसँगै पुगेका थिए’, प्रतिवेदनमा उल्लेख छ ।

हेलिकप्टरमा ओखलढुंगा पुगेर फर्केपछि ‘बक्सिस’का रूपमा जीबीले दीपेशहरूको टोलीलाई पोखराको फूलबारी रिसोर्टमा पार्टीसमेत दिएको अनुसन्धानले देखाएको छ । ‘उक्त मुद्दा जिताएबापत ‘बक्सिस’का रूपमा जीबीले दीपेशहरूको टोलीलाई पोखरास्थित रिसोर्टमा पार्टी दिएका थिए’, प्रतिवेदनमा उल्लेख गरिएको छ’, ‘१० लाख रूपैयाँ खर्चको सीमा दिइएको उक्त ‘पार्टी’मा ४ लाख ९० हजार रूपैयाँ खर्च भएको थियो ।’

तर, सम्बन्धविच्छेदको मुद्दामा दीपेशले राईलाई कसरी सहयोग गरे भन्ने बारेमा भने प्रतिवेदनमा खुलाइएको छैन । दीपेश पुनको सहयोगमा मुद्दा जितेर श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि राई र पुनको बीचमा सम्बन्ध थप प्रगाढ बन्दै गएको र उनीहरू व्यावसायिक साझेदार बन्न सुरु गरेका थिए ।

जीबीसँगको सम्बन्धपश्चात दीपेश बुटवलको सुप्रिम सहकारीको सचिव भएको र उनकै पहलमा गोरखा मिडिया नेटवर्ककको तर्फबाट नागरिकखबरडटकम सञ्चालनमा ल्याइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘उनी विस्तारै जीबीको व्यावसायिक साझेदार पनि बने, गिट्टी बालुवा खानी उत्खनन् र क्रसर व्यवसायको साझेदार रहेका कैलाश दर्लामी मगरलाई पनि दीपेशले सहकारीमै ल्याए’, प्रतिवेदनमा उल्लेख छ, ‘आफू निकट मान्छे सहकारीहरूमा राख्नकै लागि सुप्रिम सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा बुटवलमा दीपेश आफैँ सचिव बने ।’

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ३२ बजे

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका