‘महाजात्रा’ हेरेपछि रमिला भन्छिन्– ‘श्रीमानले पिटाइ खाएको देख्दा दुःख लाग्यो' | Khabarhub Khabarhub

‘महाजात्रा’ हेरेपछि रमिला भन्छिन्– ‘श्रीमानले पिटाइ खाएको देख्दा दुःख लाग्यो’


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र जस्तो होस् प्रिमियरमा निर्माण पक्षले पाउने बधाई नै हो । त्यसैले प्रिमियरको प्रशंसालाई चलचित्रकर्मी स्वयं सत्य मान्दैनन् ।

‘जात्रा’ फिल्मको तेस्रो सिक्वेलका रुपमा निर्माण गरिएको ‘महाजात्रा’को प्रिमियरमा सिभिल मलमा कलाकर्मी र अतिथिको बाक्लो उपस्थिति थियो । मंगलबार भएको प्रिमियरमा फिल्म सुरु भएदेखि नै हलमा हाँसोको कमी भएन ।

प्रिमियरपछि उपस्थित कलाकर्मीले ‘महाजात्रा’को खुलेर प्रशंसा गरे । हलमा गुञ्जिएको हाँसोको कारण पनि उनीहरूकाे प्रशंसा सत्य होइन भन्न नसक्ने माहोल बनेको थियो ।

फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौलाले नायक विपिन कार्कीको अभिनयको प्रशंसा गरिन् । फिल्मले कस्तो व्यापार गर्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘प्यार भएपछि व्यापार त अवश्य हुन्छ । यसले दर्शकबाट प्यार पाउँछ ।’

त्यस्तै नायिका ऋचा शर्माले फिल्मका लेखक र निर्देशक भट्टराईको कामको प्रशंसा गरिन् । फिल्म उत्कृष्ट बनेको र लेखनको पाटो उत्कृष्ट रहेको उनको तर्क थियो ।

कलाकार निर्मल शर्माले फिल्म हेर्दा आफू निकै हाँसेको बताए । अभिनयको पाटोमा कुनै कमजोरी नरहेको बताउँदै उनले भने, ‘गज्जब बनेको छ । यो फिल्मका कलाकारको अभिनयको बारेमा बयान गर्ने मेरो कुनै हैसियत छैन ।’

गायक प्रकाश सपुतले भने आफू सामान्य विषयमा नहाँस्ने भए पनि फिल्म हेर्दा धेरै पटक हाँसेको बताए । उनले फिल्मको प्रशंसा गर्दै भने, ‘अन्य फिल्मको तुलनामा एकदमै हाँसियो ।’

त्यस्तै, हरिवंशकी श्रीमती रमिला पाठकले भने फिल्ममा श्रीमानले पिटाइ खाएको देख्दा नराम्रो लागेको बताइन् । समग्रमा फिल्म राम्रो बनेको बताउँदै उनले भनिन्, ‘प्रदीप भट्टराईको फिल्म राम्रै हुन्छ । उहाँ (हरिवंश)को अभिनय हेर्दा त राम्रो लाग्छ नै तर पिटाइ खाँदा दुःख लाग्यो ।’

महाजात्रा चैत ९ गतेबाट नेपाललगायत विश्वका धेरै देशमा एक साथ प्रदर्शन हुँदैछ । फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दिव्य देव, सुमन कार्की, वर्षा राउत, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : ३३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि