राष्ट्रियसभा बैठक बस्दै, प्रि बजेटमाथिका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने « Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, प्रि बजेटमाथिका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।

यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम छ ।

अर्थमन्त्री पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यस्तै, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तु हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ७ : १८ बजे

निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

नवलपुर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक

रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म जेलर बक्स अफिसमा ठूलो

चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै

खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली झन्

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको