महिला च्याम्पियन्स लिग : चेल्सीको सहज जित « Khabarhub

महिला च्याम्पियन्स लिग : चेल्सीको सहज जित


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युइएफए महिला च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको क्वार्टफराइनलको पहिलो लेगमा आयाक्सलाई ३–० गोलले हराउँदै चेल्सीले सहज जित निकालेको हो ।

चेल्सीका लागि स्जोयक नुस्केनले दुई तथा लोरेन जेम्सले एक गोल गरेका थिए ।

चेल्सीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको १९औँ मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् भने नस्केनले ४४औँ मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएकी थिइन् ।

यस्तै दोस्रो हाफको ८३औँ मिनेटमा नुस्केनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–० गोलको सहज जित दिलाइन् ।

अब दोस्रो लेग चैत १५ गते चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ९ : ०९ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक