गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन नगरे आगामी बैठक चल्न नदिने कांग्रेसको चेतावनी « Khabarhub

गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन नगरे आगामी बैठक चल्न नदिने कांग्रेसको चेतावनी


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका समिति गठन नभएसम्म संसद बैठक सहज ढंगबाट अघि बढ्न नसक्ने बताइन् ।

उनले प्रतिपक्षीको जायज मागमा सुनुवाइ नभए आगामी संसद बैठक सरकारकै गैरजिम्मेवारका कारण चल्न नसक्ने चेतानी दिइन् ।

उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौँ ।’

सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने उनको भनाइ छ ।

कांग्रेसको माग बमोजिम हिजो प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा जवाफ दिए पनि गृहमन्त्रीको वचाउ गरेको भन्दै कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ११ : ३७ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको