सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई राष्ट्रियसभा सदस्यको सुझाव « Khabarhub

सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई राष्ट्रियसभा सदस्यको सुझाव


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरूले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र धेरै जनाको ज्यान गएको भन्दै सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

राष्ट्रियसभा सदस्य विमला घिमिरेले जीर्ण सडक, चालकको लापरबाही, सवारी साधनको बिग्रँदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको बताइन् । सवारी साधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिनुपर्ने उनले बताइन् । घिमिरेले सुरक्षाका मापदण्ड अपनाउनका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशमा धेरै सवारी दुर्घटना भइरहेको अवस्थामा सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन् ।

त्यस्तै अर्का सदस्य जयन्ती राईले सडक दुर्घटनामा मृत्यु हुनेको संख्या हरेक वर्ष बढ्दै गएको भन्दै दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन माग गरिन्  । उनले सवारी साधानहरुको अनुगमन गर्दै सडक स्तरोन्नतीमा पनि ध्यान दिनुपर्ने बताइन्  ।

त्यस्तै राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, तुलप्रसाद विश्वकर्मा लगाएतले पनि सवारी साधनको दूरावस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको भन्दै सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : ४३ बजे

नेपालगञ्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै

किएभ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने

बाजुरामा भूकम्पको धक्का

काठमाडौं- बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार साँझ ६

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं – स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने