लामो समयपछिको वर्षाले किसान खुसी « Khabarhub

लामो समयपछिको वर्षाले किसान खुसी


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

इलाम– लामो समयपछि वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन् । 

किसान मात्रिका खतिवडाले पानी परेपछि मर्क छर्नका लागि सहज भएको बताए। ‘चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ भने अन्य बालीको उब्जनी पनि अब बढ्नेछ’, उनले भने, ‘लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो ।’

इलाम सदरमुकामसहित जिल्लाका विभिन्न भागमा रातिदेखि नै पानी परिरहेको उनको भनाइ छ । ‘पानी नपर्दा अलैँची सुक्न थालेको थियो । मकै छर्न सिँचाइ गर्नुपर्ने अवस्था थियो । तर पानी परेपछि सबै किसानलाई सहज भएको छ’, उनले भने। 

बालीविद् डा डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडी तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको छ । 

आजदेखि परेको पानी उपत्यकामा आजसम्म र कोशी तथा मधेस प्रदेशमा शुक्रबारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाको भनाइ छ । 

    

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १ : २७ बजे

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले