पूर्वाग्रह र दबावका आधारमा राजीनामा माग्ने काम गैरजिम्मेवार  « Khabarhub

पूर्वाग्रह र दबावका आधारमा राजीनामा माग्ने काम गैरजिम्मेवार 


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता रघुजी पन्तले पूर्वाग्रह र दबावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका छन् ।

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पन्तले संसद्‌मा प्रतिपक्षीले राखेका विषयमा सरकारले ध्यान दिनुपर्ने भएपनि विना प्रमाण पूर्वाग्रह र दबावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका हुन् । 

राजिनामा मागेर काम नै गर्न नदिने परिस्थिति सिर्जना गर्न नहुने उनको भनाइ छ । तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई वेवास्ता गर्न नमिल्ने तर प्रतिपक्षीले पनि राजनीतिक आधारहरूलाई पनि हेर्नुपर्ने उनले बताए ।

उनले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका विषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको धारणा राखे ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  २ : ५९ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी