एमालेले देश बनाउने संकल्प पुरा गर्नेगरी काम गर्छ : ओली « Khabarhub

एमालेले देश बनाउने संकल्प पुरा गर्नेगरी काम गर्छ : ओली


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश बनाउने  संकल्पलाई पुरा गर्नेगरी काम गर्ने बताएका छन् ।

बुधबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले देशमा निष्ठाको राजनीतिको संकट देखिएको भन्दै एमाले भने देश बनाउने  संकल्पलाई पुरा गर्नेगरी काम गर्ने उद्देश्यका साथ अघि बढेको बताएका हुन् ।

ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको नाम लिँदै कम्युनिष्टका नाममा स्वार्थी अवसर खोज्नेहरू आफै पतन हुँदै जाने जिकिर गरे । अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर सबैभन्दा पीडा सिंहलाई नै भएको उनले टिप्पणी गरे । अध्यक्ष ओलीले पार्टीभित्र पद नभई काममा ध्यान केन्द्रित गर्न निर्देशन दिए ।

उनले पार्टी कमिटीमा नेतृत्वको विवाद हुने गरेको भन्दै नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए ।

ओलीले काठमाडौं जिल्लामा एमाले पछिल्लो समय कमजोर देखिएकाले आगामी निर्वाचनमा यसअघिको परिणाम नदोहोर्‍याउने गरि तयारी गर्न समेत निर्देशन दिए । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ४ : ४५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको