माओवादीसँग पार्टी एकता भएको छैन : अध्यक्ष भट्टराई | Khabarhub Khabarhub

माओवादीसँग पार्टी एकता भएको छैन : अध्यक्ष भट्टराई


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग आफ्नो पार्टीले एकता गरेको भन्दै गलत प्रचार गरिएको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केही मान्छेहरू माओवादीमा गएको विषयलाई पुरै पार्टी नै माओवादीसँग एकता भएको भन्दै गलत प्रचार गरिएको बताएका हुन् ।

राजनीतिक यात्रामा केही व्यक्तिहरू अर्को पार्टीमा जानु स्वभाविक भएपनि माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा केही व्यक्तिहरू माओवादीमा प्रवेश गरेको कुरालाई सिंगो पार्टी माओवादीमा मर्ज भयो भन्नुले आश्चर्यचकित तुल्याइएको उनले बताए ।

भट्टराईले माओवादीसँग सहकार्य गर्ने कुरा मात्रै भएको र सो पार्टीसँग पूर्णरुपमा मर्ज हुने कुरा कहिल्यै नभएको दावी गरे । अहिले आफुहरुसंग ७० प्रतिशत सदस्यसहितको बहुमत रहेको उनले बताए । त्यस्तै भट्टराईले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले मुलुकलाई स्थीरतातर्फ अघि बढाउने प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापीतका लागि निरन्तर आवाज उठाउने बताए । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ५ : १५ बजे

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।