माओवादीसँग पार्टी एकता भएको छैन : अध्यक्ष भट्टराई « Khabarhub

माओवादीसँग पार्टी एकता भएको छैन : अध्यक्ष भट्टराई


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसँग आफ्नो पार्टीले एकता गरेको भन्दै गलत प्रचार गरिएको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीका केही मान्छेहरू माओवादीमा गएको विषयलाई पुरै पार्टी नै माओवादीसँग एकता भएको भन्दै गलत प्रचार गरिएको बताएका हुन् ।

राजनीतिक यात्रामा केही व्यक्तिहरू अर्को पार्टीमा जानु स्वभाविक भएपनि माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा केही व्यक्तिहरू माओवादीमा प्रवेश गरेको कुरालाई सिंगो पार्टी माओवादीमा मर्ज भयो भन्नुले आश्चर्यचकित तुल्याइएको उनले बताए ।

भट्टराईले माओवादीसँग सहकार्य गर्ने कुरा मात्रै भएको र सो पार्टीसँग पूर्णरुपमा मर्ज हुने कुरा कहिल्यै नभएको दावी गरे । अहिले आफुहरुसंग ७० प्रतिशत सदस्यसहितको बहुमत रहेको उनले बताए । त्यस्तै भट्टराईले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले मुलुकलाई स्थीरतातर्फ अघि बढाउने प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापीतका लागि निरन्तर आवाज उठाउने बताए । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ५ : १५ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको