सेवा प्रवाहमा तत्काल सुधार गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

सेवा प्रवाहमा तत्काल सुधार गर्न गृहमन्त्रीको निर्देशन


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृहका कर्मचारीलाई निर्देशन दिएका छन् ।  

सरुवा भई विभिन्न जिल्ला तथा निकायमा जान लागेका गृहका अधिकारीलाई आज सिंहदरबारमा आयोजित कार्यक्रममा निर्देशन दिँदै गृहमन्त्री लामिछानेले सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भएकाले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्न पनि आग्रह गरेका छन् ।  

सेवा प्रवाहमा तत्काल सुधार गरी गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न पनि उनले आग्रह गरेका छन् । 

राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न चेतावनी दिँदै उनले आज्ञापालक होइन, सृजनशील प्रशासक बन्न र नागरिकलाई सम्मान दिन पनि अनुरोध गरेका छन् । 

औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्न र जिम्मेवारी सक्दिनँ नभन्न पनि कर्मचारीलाई उनले निर्देशन दिए । अध्यागमनका कर्मचारीलाई समस्या समाधानका योजना ल्याई लागू गरेर नागरिकका गुनासा सम्बोधन गर्न पनि उनले निर्देशन दिएका हुन् । 

हिजो मात्रै गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : ४७ बजे

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित